राहत र पुर्नस्थापनालाई प्रभावकारी बनाउन कांग्रेसको आग्रह

काठमाडौं, साउन १ । प्रमुख विपक्षी नेपाली कांग्रेसले देशका विभिन्न स्थानमा आएको बाढी र पहिरोबाट ग्रसित भएकाहरुलाई राहत तथा पुर्नस्थापनाको कार्यलाई प्रभावकारी बनाउन सरकारसँग माग गरेको छ ।

बाढी तथा डुवान प्रभावितहरुको राहत तथा पुर्नस्थापनाको कार्यलाई प्रभावकारी बनाउन सरकारसँग माग गरेको हो ।


कांग्रेस प्रमुख सचेतक बालकृष्ण खाँडले बुधबार विज्ञप्ति जारी गर्दै डुवान क्षेत्रमा महामारी फैलने सम्भावना रहेको भन्दै नियन्त्रण गर्न र थप मानवीय क्षति हुन नदिन आग्रह गरेको गरिएको छ ।

लगातार परेको वर्षाले देशका विभिन्न स्थानमा बाढी र पहिरोले स्थानीयको जनजिवन अस्तव्यस्त हुन पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्