विकासका लागि तीनवटै सरकारका बिच सहकार्य हुन आवश्यक छ : मुख्यमन्त्री पौडेल
काठमाडौं, साउन १ । प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलले विकासका लागि तीन वटै सरकारका बीचमा सहकार्य हुन आवश्यक रहेको बताएका छन् ।
सरसफाइ तथा हरियाली प्रवद्र्धन कार्यक्रमको आज यहाँ शुभारम्भ गर्दै उनले भौतिक विकास मात्र नभएर सामाजिक रुपान्तरणलाई पनि विकासको सूत्र बनाउन आवश्यक रहेको बताए ।
विकासलाई समृद्धिसँग जोड्नुपर्नेमा उनले जोड दिदै समाज परिवर्तन गराउनका लागि सरसफाइ तथा हरियाली प्रवद्र्धन पनि एउटा बाटो भएको ठिपण्णी गरे ।
साथै उनले फरक प्रसङ्गमा काँग्रेसलाई पनि विकासमा साझेदारी गर्न आग्रह गरे । उनले भने, ‘विकास सबैका लागि हो । विचार फरक हुन सक्छ तर विकास फरक हुँदैन ।’ विकासप्रतिको अवधारणा स्पष्ट नहुँदा विकास निर्माणले तीव्रता पाउन नसकेको उनको भनाइ छ । विकासका लागि सबैले एकजुट भएर अगाडि बढ्न उनले आग्रह समेत गरे ।
विकासका कार्यमा साझेदारी गरेर सबैदलले अगाडी बढ्न आग्र गर्दै यसमा जुट्ने बेला आएको उनले उल्ले गरे ।
प्रतिक्रिया दिनुहोस्