प्रतिबन्धपछि विप्लव समूहसँग पहिलोपटक सरकारको औपचारिक छलफल
काठमाडौं, असार ३१ । पार्टीमाथि प्रतिबन्ध लगाइएको चार महिनापछि नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका शीर्ष नेता र सरकारी टोलीबीच पहिलोपटक औपचारिक छलफल भएको छ ।
गत आइतबार भक्तपुर र काभ्रेको सीमा नजिकको एक होटलमा भएको यो छलफलले वार्ताका लागि सकारात्मक वातावरण बनाएको सरकारी टोलीको भनाइ छ ।
सरकारी टोलीको प्रतिनिधित्व तत्कालीन वार्ता टोलीका संयोजक सोमप्रसाद पाण्डेले गरेका थिए । छलफलमा विप्लवका स्थायी समिति सदस्यस्तरका नेता सहभागी थिए । उनको नाम गोप्य राखिएको छ ।
‘यो प्रारम्भिक चरणकै छलफल हो, त्यसैले धेरै कुरा भन्न मिल्दैन । तर, छलफलले वार्ताका लागि सकारात्मक वातावरण बनाएको छ,’ पाण्डेले भने । –नयाँ पत्रिका दैनिकबाट
प्रतिक्रिया दिनुहोस्