प्रधानमन्त्रीले भने- प्रसन्न मन छैन

काठमाडौं , असार २९ । प्रधानमन्त्री केपी शर्मा ओलीले बाढीपहिरोका कारण मन प्रसन्न नभएको बताएका छन्।

देशभर बाढीपहिरोले ६० भन्दा बढीले जीवन गुमाएका कारण अरु वर्ष असार २९ गतेको जस्तो प्रसन्न मन यस पटक हुन नसकेको बताएका हुन् ।

आदिकवि भानुमक्त आचार्यको २०६ औँ जन्मजयन्तीको अवसरमा आइतबार आयोजित कार्यक्रममा बोल्दै उनले भारी मन लिएर उपस्थित भएको बताए।

देश बाढी र पहिरोमा डुबेका बेला आफु निकै दुखी भएको र पिडीतहरुलाई राहात तथा उद्दारमा कुनै कमी नहुने उने बताए ।

प्रतिक्रिया दिनुहोस्