राजनीतिक प्रतिवेदनको काम पूर्ण रुपमा टुंगियोः अध्यक्ष प्रचण्ड

काठमाडौँ , असार २२ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष ‘प्रचण्ड’ले पार्टीको राजनीतिक दस्तावेजको काम पूर्ण रुपमा टुंगिएको बताएका छन् ।

आइतबार नेपाल दूरसञ्चार राष्ट्रिय कर्मचारी संगठन एकता महाधिवेशन उद्घाटन गर्दै उनले आइतबार बिहान दुई अध्यक्ष बसेर प्रतिवेदनको सम्पूर्ण काम टुंग्याएको बताए ।

‘आज बिहान मात्रै प्रधानमन्त्री केपी शर्मा ओली र मेरो बीचमा एक वर्षदेखि सम्पूर्ण रुपमा सहमति भएर प्रकाशनमा जान नसकेको राजनीतिक प्रतिवेदनको काम टुंग्याइएको छ र त्यो भोलि प्रकाशनमा जाँदै छ’, अध्यक्ष प्रचण्डले भने, ‘पार्टी एकताको सन्दर्भमा त्यो एउटा ठूलो काम हामीले आज पूरा गरेका छौँ।’

अध्यक्ष प्रचण्डले राजनीतिक प्रतिवेदन छापिएर कार्यकर्ताका हातमा पुगेपछि कार्यकर्ता आफैँले विचारबारे जज गर्ने बताए ।

पार्टीको एकता महाधिवेशन एकताका र सहमतिका आधारमा गर्ने गरी राजनीतिक प्रतिवेदन आएको उनको भनाइ थियो ।

राजनीतिक प्रतिवेदन नहुँदा कुन पार्टीको विचार, राजनीतिका कार्य्दिशा, संगठानत्मक नीति विधि यो सबै के को, कुन चाहि आधिकारिक हो कुन नेताले भनेको आधिकारिक हो, कुन नेताले भनेको आधिकारिक होइन् भन्ने कन्फ्युजन देखिएको भन्दै उनले आजैबाट त्यसको अन्त्य गरेको बताए ।

प्रतिक्रिया दिनुहोस्