प्रधानमन्त्री ओलीले भने- आईफा अवार्डबारे अनावश्यक हल्ला चलाइयो
काठमाडौं, असार २० । प्रधानमन्त्री केपी शर्मा ओलीले आईफाबारे अनावश्यक हल्ला चलाएको बताएका छन् ।
प्रधानमन्त्रीले २० लाख पर्यटक भित्र्याउने सरकारको योजना असफल बनाउन आईफा अवार्डबारे अनावश्यक हल्ला चलाइएको बताएका हुन् ।
समाजवादी पार्टीका नेताहरुलाई पार्टी प्रवेश गराउन आयोजित कार्यक्रममा उनले यस्तो बताएका हुन् ।
साथै उनले अवार्ड रोक्न संसदीय समितिले दिएको निर्देशन समेत अनधिकृत भएको दाबी गरे ।
प्रधानमन्त्री ओलीले भने, ‘थोरै लगानीमा धेरै प्रतिफल पाउने गरी निर्णय गरेका थियौं । तर अर्बौं खर्च भनेर हावा कुरा गरियो । लौ सर्वनाश हुने भयो भनेर अनाधिकृत निर्देशन दिन लगाइयो ।’
साथै उनले हल्ला जस्तो नभएको दबि गर्दै सरकारको योजना असफल बनाएकोमा आपत्ति समेत जनाए । देशलाई अगाडी लैजान सबैको साथ र हौसला आवश्यक रहेकोमा उनले जोड दिए ।
प्रतिक्रिया दिनुहोस्