दीपक मनाङ्गे नेकपा प्रवेश गरेपछि योगेश भट्टराईले किन यसो भने ?

काठमडौं, असार १९ । दीपक मनाङ्गे अर्थात राजीव गुरूङ नेकपा प्रवेश गरेपछि पार्टीका स्थायी कमिटी सदस्य योगेश भट्टराईले आपत्ति जनाएका छन् । मनाङ्गे बिहीबारमात्रै नेकपा प्रवेश गरेका हुन् ।

‘राजनीतिक पार्टीलाई मान्छे त चाहिन्छ नै तर कस्ता मान्छे ल्यायौँ ? कस्ता कस्ता ल्याउँदै छौँ ? परिणाम के भैरहेको छ ? राम्ररी विचार गरौ है !’ रसिया भ्रमणमा रहेका भट्टराईले माइक्रो ब्लगिङ साइट ट्विटरमा लेखेका छन् ।

गण्डकी प्रदेशसभाका सदस्य रहेका मनाङ्गेले केही समयअघि अदालतबाट सफाइ पाएका थिए ।

प्रतिक्रिया दिनुहोस्