दीपक मनाङ्गे सत्तारुढ नेकपामा प्रवेश, गण्डकीमा अब नेकपाको दुईतिहाई बहुमत

काठमाडौं, असार १९ । दीपक मनाङ्गेका नामबाट चर्चित स्वतन्त्र सांसद राजिव गुरुङ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा प्रवेश गरेका छन् ।

मनाङ ‘ख’बाट निर्वा्चित गण्डकी प्रदेशका एक मात्र स्वतन्त्र सांसद राजीव गुरुङ नेकपामा प्रवेश गरेका हुन् ।

उनलाई गण्डकी प्रदेशका मुख्यमन्त्री तथा नेकपाका गण्डकी प्रदेश इन्चार्ज पृथ्वीसुब्वा गुरुङले पार्टीमा स्वागत गरेका थिए ।

बिहीबार पोखरा नयाँबजार शान्ति वनमा रहेको नेकपाको पार्टी कार्यालयमा आयोजित एक कार्यक्रममकाबीच उनी नेकपामा प्रवेश गरेका हुन् ।

स्वतन्त्र सांसद राजीवको प्रवेशसँगै गण्डकी प्रदेश सभामा नेकपाको दुईतिहाई बहुमत पुगेको छ । ६० सदस्यीय प्रदेशसभामा अब नेकपाको संख्या ४० पुगेको छ ।

चुनाव जितिसकेपछि ज्यान मार्ने उद्योगको आरोपमा पक्राउ परी थुनामा रहेका सांसद गुरुङले थुनामुक्त भएपछि प्रदेश सांसदको रुपमा सपथ लिएका थिए । गुरुङ प्रदेशको अर्थ तथा विकास समितिको सदस्य पनि हुन् ।

प्रतिक्रिया दिनुहोस्