तत्काल मन्त्रीमण्डल फेरिने संभावना छैन ! नेकपा टुक्रिने कल्पना नगरे हुन्छ : मन्त्री खनाल
काठमाडौं, असार १७ । कृषि तथा पशुपंक्षी बिकास मन्त्री चक्रपाणी खनालले तत्काल मन्त्रीमण्डल फेरिने कुनै संभावना नभएको दाबी गरेका छन् ।
उनले अहिले बजारमा मन्त्रीमण्डल फेरिने हल्लामा कुनै सत्यतता नभएको बताए ।
रिपोर्टस क्लव प्रदेश नंबर ५ बुटवलले आयोजना गरेको साक्षात्कार कार्यक्रमा बोल्दै उनले आलोपालो मन्त्री हुने एकमुष्ठ सहमती भएपनि त्यसकोलागि ढाई बर्ष अभै बाँकी रहेको बताए ।
मन्त्री खनालले पार्टीमा बैचारिक एकता के हुने भन्नेमा बहस भैरहेको बताउद्र पार्टी मिलाएर जानुको बिकल्प नरहेको भन्दै उनले नेकपा टुक्रिने कल्पना पनि गर्न नसकिने औँल्याए ।
सरकारले कामलाइ योजनाबद्ध नै अघि बढाएका भन्दै उनले भनेजस्तो परिणाम आउन नसकेको स्वीकार गरेका छन् ।
यसैबिच अहिले सरकारले जनताले चाहे र सोचेको जस्तो काम गर्न सकेको छैन।
यस प्रति जनता पनि असन्तुष्ट रहेका छन् । बहुमतको सरकार भएपनि विकासका कार्य भने अmभै शुस्त गति मा नै यथावत रहेका छन् ।
प्रतिक्रिया दिनुहोस्