पूर्वराष्ट्रपति यादव भन्छन् -प्रेश स्वतन्त्रता नभएसम्म लोकतन्त्र बलियो हुँदैन

काठमाडौं, असार १४ । प्रेश स्वतन्त्रता नभएसम्म लोकतन्त्र बलियो नहुनेमा गणतन्त्र नेपालका प्रथम राष्ट्रपति रामवरण यादव जोड दिएका छन् ।

उनले ठूलो संघर्षबाट वर्तमान संविधान भएकाले संविधानको पुर्ण रुपमा कार्यान्वयन गर्न आवश्यक रहेको बताएका छन् ।

उनले सबै समुदायको अधिकारलाई सुनिश्चत गरेको र पुर्ण प्रेस स्वतन्त्रताको अधिकार संविधानमै भएकाले यसको कार्यान्वनमा जोड दिए ।

पाल्पामा भएको दलित समुदायका पत्रकारहरूको राष्ट्रिय सम्मेलनलाई सम्बोधन गदै पूर्वराष्ट्रपति यादवले लोकतन्त्र, गणतन्त्र र प्रेस स्वतन्त्रता एउटै विषय भएकाले प्रेस स्वतन्त्रता बचाउ राख्नुपर्ने उल्लेख गरे ।

नेपालीहरुमा सामूहिक भावनाको विकास हुँदै गएको र सबैले सम्मानपूर्वक बाँच्न पाउने अधिकारलाई संविधानले प्रत्याभूति गरेको पूर्वराष्ट्रपति यादवले बताए । उनले देशलाई शान्त, समृद्ध बनाउनु पर्नेमा जोड दिँदै आपसी सद्भाव, मेलमिलाप र दण्डहिनताको अन्त्य आवश्यक रहेको बताए ।

सम्मेलनमा नेपाल पत्रकार महासंघका केन्द्रीय अध्यक्ष गोबिन्द आचार्यले संसदमा दर्ता भएको अमसञ्चार विद्ययकले प्रेस स्वतन्त्रता र लोकतन्त्र खतरामा पर्ने भएकाले यसलाई सच्याउन सरकारलाई अनुरोध गरेका छन् ।

राष्ट्रिय सूचना आयोगका प्रमुख सूचना आयुक्त कृष्णहरी बाँस्कोटाले सबैखाले विभेद सधैंका लागि अन्त्य गर्न सोचमा परिर्वतन आवश्यक रहेको बताएका छन् ।

२ दिनसम्म चल्ने सम्मेलनमा देशभरका ७७ जिल्लाबाट करीब १ सय ५० जना दलित पत्रकारहरुको सहभागिता रहेको छ । दलित समुदायका पत्रकारहरुको भेलाबाट दलित पत्रकारहरुको मुद्दाका विषयमा पाल्पा घोषणापत्र जारी हुने भएको छ ।

प्रतिक्रिया दिनुहोस्