सडक र सदनबाट आन्दोलन छेड्ने कांग्रेसको तयारी : ओली सरकार ढाल्ने देउवाको उद्घोष

काठमाडौं, असार १३ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकारलाई ढाल्ने उद्घोष गरेका छन् ।

स्थानीय तह कर्मचारी युनियनको प्रथम राष्ट्रिय भेलालाई शुक्रबार काठमाडौंमा सम्बोधन गर्दै सभापति देउवाले यस्तो उद्धोष गरेका हुन् ।
सरकार असफल भएको महसुस जनताले गरिसकेकाले अब कांग्रेसले सडक र सदनबाट आन्दोलन छेड्ने तयारी गरिसकेको उनले बताए ।

मानवअधिकार आयोगमासमेत सरकारले हस्तक्षेप गरेको बताउँदै उनले तानाशाही शैलीमा गरिएका क्रियाकलाप सैह्य नहुने चेतावनी दिए ।

कार्यक्रममा कांग्रेस नेता प्रकाशमान सिंहले जनताले दिएको ‘म्यान्डेट’लाई दुईतिहाइको शक्तिशाली सरकारले सम्बोधन गर्न नसकेको भन्दै दुःख व्यक्त गरे ।

लोकतन्त्र र संघीय संरचनालाई संस्थागत गर्न आवश्यक पर्ने कानुन पनि सरकारले निर्माण गर्न नसकेको उनको भनाइ थियो ।

दुई दिनसम्म चल्ने स्थानीय तहको भेलामा देशभरका कांग्रेस आवद्ध ट्रेड युनियनका कर्मचारीको सहभागिता रहेको छ ।

प्रतिक्रिया दिनुहोस्