मन्त्री हेरफेर छिट्टै, कम्तीमा ६ जना मन्त्री फेरिने

काठमाडौं, असार १२ । सरकारमा रहेका मन्त्रीको जिम्मेवारीमा हेरफेर हुने भएको छ ।

प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालबीच बुधबार भएको छलफलमा कम्तीमा ६ जना मन्त्री हेरफेर गर्ने सहमति भएको हो ।

सहमतिपछि मन्त्रिमण्डलमा हेरफेरका लागि दुवै अध्यक्ष गृहकार्यमा जुटेका छन् । नेताले बिहीबार पूर्वएमाले र पूर्वमाओवादीका आकांक्षी सांसदसँग छलफल गर्न लागेका छन् ।

प्रधानमन्त्री ओलीले सांसद महेश बस्नेत, पार्वत गुरुङ र योगेश भट्टराईलाई छलफलका लागि बालुवाटार बोलाएका छन् ।

नेताहरु उकुसमुकुस

शीर्ष नेतादेखि सांसदसम्मकै अन्तर्विरोधी अभिव्यक्तिहरुले संकेत गरिरहेका छन्–चरम बन्दै गएको छ ।

एकातिर अपुरो पार्टी एकता र अर्को्तिर प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी शर्मा ओली खेमाको एकपक्षीय कदमले नेकपाभित्रको अन्तरकलह यसरी चुलिएको छ कि सरकार र पार्टी दुवैतर्फ नेताहरु उकुसमुकुस छन् ।

संसदभित्रै एक पार्टीको दुई धार देखिएको छ । आन्तरिक बैठकमा शीर्ष नेताहरुबाटै चर्को असन्तुष्टि व्यक्त भएका छन् । कार्य्विभाजनमा गुटको रस्साकसी सतहमै आएको छ ।

पार्टी, संसदीय दल र सरकारबीच संवादहीनतााको स्थिति छ । प्रधानमन्त्री एवं पार्टी अध्यक्ष ओलीसँगको पछिल्ला छलफल अपेक्षित नभएपछि अर्को अध्यक्ष पुष्पकमल दाहालले चितवन पुगेर चेतावनी शैलीमा भने, ‘समझदारीबाट केही तलमाथि गरे दुर्भाग्य हुन्छ ।’ यो समाचार आजको कान्तिपुर दैनिकमा दुर्गा खनालले लेखेका छन् ।

पाँच कारणः
सहमतिमा शंका
सरकारको काम
संसदमा दुई धार
संवादहीनता
अधुरो एकता

प्रतिक्रिया दिनुहोस्