खानेपानी मन्त्री बिना मगरलाई कालो झण्डा देखाउन लाग्दा कांग्रेस र नेकपा कार्यकर्ताबीच झडप, ४ घाईते
काठमाडौं, असार १० । कंन्चनपुरमा कांग्रेस र नेकपा कार्यकर्ताबीच झडप भएको छ।
खानेपानी तथा सरसफाई मन्त्री बिना मगरलाई कालो झण्डा देखाउन खोज्दा कांग्रेस र नेकपा कार्यकर्ताबीच झडप भएको हो ।
पुनर्वास नगरपालिकाको नगर अधिबेशन उद्घाटन गर्न निर्वाचन क्षेत्र आउदै गेरेकी मन्त्री मगरलाई प्रतिपक्षी दल नेपाली कांग्रेस कार्यकर्ताले कालो झण्डा देखाउन लाग्दा नेकपाका कार्यकर्ता संग झडप भएको हो । झडप हुँदा ४ जना कांग्रेस कार्यकर्ता घाईते भएका छन ।
धनगढीबाट निर्वाचन क्षेत्र आउदै गरेकी मन्त्री मगरलाई कालो झण्डा देखाउन पुनर्वास नगरपालिका १० डोकेबजार पुगेका नेपाली कांग्रेसका कार्यकर्ता र नेकपाका कार्यकर्ता बिच झडप भए पछि नेपाली कांग्रेस क्षेत्र नम्बर १ का सभापती गोपिप्रसाद उपाध्याय , नेपाली कांग्रेस बेलौरी नगर सचिब बिक्रम चन्द, नेता हरेन्द्रसिह बिष्ट र कार्यकर्ता कृष्णबहादुर चन्द घाइते भएका छन् ।
घाइतेहरुको कैलालीको धनगढी स्थित सेती अञ्चल अस्पतालमा उपचार भइरहेको छ ।
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले मन्त्री बिना मगरलाई कालो झण्डा देखाउने कार्यक्रम तय भए पछि झन्डै ३०० सुरक्षा कर्मी परिचालन गरिएको थियो । सुरक्षाकर्मी परिचालन गरिएको भएपनि झडप भएको छ ।
प्रतिक्रिया दिनुहोस्