प्रचण्डको दाबीः विप्लव समुह छिट्टै राजनीतिक मुलधारमा आउछ

काठमाडौं, असार १० । नेकपाका अध्यक्ष ‘प्रचण्ड’ले विप्लव समुह छिट्टै राजनीतिक मूलधारमा आउने दावी गरेका छन् ।

मङगलबार चितवनको भरतपुर महानगरपालिकाको चौँथो नगरसभालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले यस्तो बताएका हुन् । उनले आफुले विप्लवलाई सबैभन्दा नजिकबाट चिनेको भन्दै उनी विस्तारै राजनीतिक मूलधारमा आउने तयारीमा रहेको बताएका हुन् ।

‘म विप्लवलाई सवैभन्दा नजिकबाट चिन्छु । हुन त अहिले एक दुईवटा बम पड्किएका छन् । यो घटनाक्रमले पनि विप्लवलाई विस्तारै नयाँ सोँचतिर जान प्रेरित गरेको छ । जसरी साथिहरु यसअघि मूलधारमा आइरहनुभएको छ । त्यसैगरी विप्लव पनि आउनुहुन्छ’ प्रचण्डले भने, ‘म प्रति उनी (विप्लव) को मनमा घृणा छैन ।’

अध्यक्ष प्रचण्डले पहिल्यैदेखि विप्लवले आफुसँगको भेटमा र सँगै रहेका बेला मार्मिक कुरा गर्ने गरेको स्मरण गदै उनले भनेका कुराहरु आफूलाई समेत गहिरिएर सोच्न बाध्य बनाउने गरेको बताए ।

यसैबिच विप्लवलाई हँत्या, हिसां छोडेर राजनितिक मुलधारमा आउन सरकारले आग्रह गरे पनि अहिले सम्म उसले चासो देखाउको छैन । सरकारले बारम्बार आउन आग्रह गरिरहेकै बेला फेरि पनि प्रचण्डले आउने दाबि गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्