डा. दीक्षित भन्छन्-‘ देश पुरानै माओवादीको समयतिर जान लाग्यो ’
काठमाडौं , असार १० । नागरिक समाजका अभियन्ता डा. सुन्दरमणि दीक्षितले देश पुरानै माओवादीको समयतिर जान लागेको देखिएको भन्दै चिन्ता व्यक्त गरेका छन् ।
उनले देशका नेताहरु ज्यादै घमण्डी र विलासी देखिएको भन्दै कसैले कसैलाई मान्ने अवस्था नरहेकाले मुठभेडको अवस्थामा गएको बताएका हुन् ।
आज विहान उनले देश कम्युनिष्ट मुलुकजस्तो बन्दै गएको भन्दै यसले आपसमा द्धन्द्ध झन् बढ्दै गएको बताएका छन् ।
प्रेसमाथिको अंकूश, मेयरले पत्रकारलाई ठेगान लगाउन सुपारी दिएको छु भन्नु, मानव अधिकारलाई ध्वस्त पार्नु, प्रजातन्त्रको कतै नामोनिशाना नदेखिनुले कम्युनिष्ट शासनको झल्को आएको उनले आरोप लगाए ।
प्रतिक्रिया दिनुहोस्