सहमतिबाट पछाडी फर्कीए दुर्भाग्य हुन्छः अध्यक्ष दाहाल

काठमाडौं, ९ असार । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) पार्टी एकताका क्रममा भएका सहमतिबाट फर्किए दुर्भाग्य बताएका छन् ।
पर्टी एकता भएको एक वर्ष हुँदा नि पार्टी एकिरकण टुंग्याउन नसकिरहेको बेला अध्यक्ष दाहालले पार्टी एकता गर्दाका सहमतिबाट पछाडि फर्किए दुर्भाग्य हुने कुरा बताएका हुन् ।

नेकपा चितवनको सपथ ग्रहण कार्यक्रमलाई सम्वोधन गर्दै अध्यक्ष दाहालले भने, ‘पार्टी एकता गर्दा गरिको सैघान्तिक सहमती र तयार गरिएको पार्टीको सिद्धान्त, विधान र हस्ताक्षरित दस्तावेजबाट कोही पनि पछाडि फर्किन अब सम्भव छैन । फर्किए दुर्भाग्य हुन्छ ।’

उनले कोही पार्टी एकताको भावनाबाट बिचलित हुन खोजे नेता कार्यकर्ताले खबरदारी गर्नुपर्ने बताए । पार्टी एकता प्रक्रिया लगभग टुंग्गिएको बताउँदै प्रचण्डले निकट भविष्यमै बाँकी कमिटीहरु पनि गठन हुने दावी गरे ।
पछिल्लो समय अध्यक्ष दाहालले विभिन्ने फोरमहरुमा पार्टी भित्रका तिक्तताहरु पोख्ने गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्