राप्रपाले भन्यो- गुठी विधेय पुर्ण रुपमा खारेज हुनुपर्छ
काठमाडौं , असार ८ । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले गुठी विधेयक पूर्ण रुपले खारेज गर्न माग गरेको छ ।
आइतबार आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष कमल थापाले उक्त विधेयक खारेज गरेर नयाँ विधेयक ल्याउनुपर्ने बताएका छन् ।
राप्रपाको बैठकको निर्णयमा भनिएको छ ‘गुठी विधेयक आपत्तिजनक भएकाले जनताको भावनाको सम्मान गर्दै पूर्ण रुपले खारेज गर्न माग गर्दछौ । ’
अध्यक्ष थापाले नेपालको सनातन धर्म संस्कृतिलाई मास्ने गरी यो विधेयक आएको आरोप लगाउँदै गुठी विधेयकको विरोधमा भएको सडक आन्दोलनमा आफूहरुको ऐक्यवद्धता रहेको पनि उल्लेख गरे ।
‘त्यो आन्दोलनमा हाम्रो ऐक्यवद्धता छ, गुठी विधेयक आपत्तिजनक भएकाले जनताको भावनाको कदर गर्दै पूर्ण रुपमा खारेज गर्ने माग गर्दछु र नयाँ ल्याउन आग्रह गर्दछु ।’
साथै राप्रपाले पार्टीको केन्द्रीय महाधिवेशन २०७७ जेठ महिनामा गर्ने पनि निर्णय गरेको छ ।
प्रतिक्रिया दिनुहोस्