वरिष्ठ नेता नेपालले भने -राजनीतिक नेतृत्वले आफ्नो आचरण, बानी-व्यहोरा र संस्कार परिर्वतन गर्नु पर्यो

काठमाण्डौ , असार ७ । नेपाल कम्युनिष्ट पार्टीका वरिष्ठ नेता माधव नेपालले जनचाहना पूरा गर्नका लागि राजनीतिक नेतृत्वले आफ्नो आचरण, बानी-व्यहोरा र संस्कारमा पनि परिर्वतन गर्नुपर्ने आवश्यकता औल्यएका छन् ।


नेता नेपालले राजनीतिक नेतृत्वले आत्मसमीक्षा गर्नुपर्ने समय आएको बताए ।


शनिबार काठमाण्डौमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै नेता नेपालले जनअपेक्षा अनुसार काम गर्न सकियो-सकिएन भनेर राजनीतिक नेतृत्वले आत्मसमीक्षा गर्नुपर्ने समय आएको बताएका हुन् ।


उनले गरिबी, अभाव, बेरोजगारी, विकृति तथा विसंगतिको अन्त्य गर्दै सुखी नेपाली सम्मृद्ध नेपालको चाहना पूरा गर्न कार्य प्रगतिको समीक्षा र बहसको आवश्यकता औल्याउदै आर्थिक सम्मृद्धिको नाराले मात्रै देश र देशवासीको चाहना र अपेक्षा पूरा हुन नसक्ने बताए ।

उनले समाजले चाहेको आवश्यकतालाई नेतृत्वले बुझ्न सक्नुपर्ने बताए ।

व्यहोरा र संस्कारमा पनि परिर्वतन गर्नुपर्ने आवश्यकता औल्यएका छन् ।
नेता नेपालले राजनीतिक नेतृत्वले आत्मसमीक्षा गर्नुपर्ने समय आएको बताए ।
शनिबार काठमाण्डौमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै नेता नेपालले जनअपेक्षा अनुसार काम गर्न सकियो-सकिएन भनेर राजनीतिक नेतृत्वले आत्मसमीक्षा गर्नुपर्ने समय आएको बताएका हुन् ।

उनले गरिबी, अभाव, बेरोजगारी, विकृति तथा विसंगतिको अन्त्य गर्दै सुखी नेपाली सम्मृद्ध नेपालको चाहना पूरा गर्न कार्य प्रगतिको समीक्षा र बहसको आवश्यकता औल्याउदै आर्थिक सम्मृद्धिको नाराले मात्रै देश र देशवासीको चाहना र अपेक्षा पूरा हुन नसक्ने बताए ।

उनले समाजले चाहेको आवश्यकतालाई नेतृत्वले बुझ्न सक्नुपर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्