नेकपा सचिवालय बैठक बालुवाटारमा सुरु
काठमाडौं , असार ७ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सचिवालय बैठक बालुवाटारमा सुरु भएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीको यूरोप भ्रमणका कारण जेठ २३ गतेपछि बैठक बस्न सकेको थिएन । शनिबार दिउँसो प्रधानमन्त्री निवास बालुवाटारमा बैठक सुरु भएको छ ।
बैठकमा पार्टीको राजनीतिक प्रतिवेदन, बाँकी जिल्लाको कार्यविभाजनलगायत एजेण्डामा छलफल हुँदैछ ।
बैठकमा प्रधानमन्त्री एवम् अध्यक्ष ओली, अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, वरिष्ठ नेताद्वय माधवकुमार नेपाल र झलनाथ खनाल, महासचिव विष्णु पौडेल, वामदेव गौतम, रामबहादुर थापा बादल, ईश्वर पोखरेलमात्र बैठकमा सहभागी छन् ।
नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठ भने विशेष कामले काठमाडौं बाहिर भएकाले बैठकमा सहभागी छैनन् ।
बालुवाटारमा जारी बैठकमा पार्टीको राजनीतिक दस्तावेज र जिल्ला इन्चार्ज र सह इन्चार्जको मापदण्ड बारे छलफल हुने बताइएको छ।
प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली युरोप भ्रमणबाट फर्किएपछि पहिलो पटक सचिवालय बैठक बस्न लागेको हो।
यसअघि गत जेठ २३ गते बसेको बैठकमा पार्टी केन्द्रीय सदस्यको कार्य्विभाजनका विषयमा छलफल भए पनि प्रधानमन्त्री तथा पार्टी अध्यक्ष ओली युरोप भ्रमणमा जानुपर्ने र कार्य्विभाजनबारे तयारी नपुगेको भन्दै स्थगित गरिएको थियो।
नेकपाका केन्द्रीय सदस्यको कार्यविभाजनबारे पटकपटक बैठक बसे पनि टुङग्याउन सकेको थिएन।
नेकपाले जिल्ला इञ्चार्ज र सह–इञ्चार्जको टुङ्गो लगाएपछि साङ्गठनिक एकीकरणका अन्य काम टुङग्याउने तयारी गरेको छ। यसअघि जेठ २१, २२ र २३ गते सचिवालय बैठक बसेको थियो।
प्रतिक्रिया दिनुहोस्