समाजलाइ आतंकित बनाउने गतिविधि बन्द गर्न नेपाल तरुण दलको सरकारलाई आग्रह
काठमाडौं, असार ७ । पछिल्लो समय जतातै आतंक, हत्या, हिंसा बढेका छन् । सरकारले जनताको सुरक्षा दिन सकेको छैन् ।
यसैबिच समाजलाइ आतंकित बनाउने गतिविधि बन्द गर्न नेपाल तरुण दलले सरकारलाई आग्रह गरेको छ ।
नेपाली कांग्रेसको भातृ संगठन नेपाल तरुण दलका महांसचिव भुपेन्द्र जंग शाहीले बिप्लब पार्टी सर्लाही इन्चार्ज कुमार पौडेलको हत्याको घटनाले आफु निकै दुखी भएको बताएका छन् ।
सामाजिक सञ्जाल मार्फत शाहीले भनेका छन् ( मलाई सारैनै दुखित र मर्माहत बनाएको छ ।
शाहीले सरकारलाई नागरिकको शान्ती सुरक्षा दिनुको साटो उल्टै ब्यक्ती हत्या गर्ने र समाजलाइ आतंकित बनाउने गतिविधि बन्द गर्न आग्रह गरेका छन् । उनले बिप्लब पार्टीलाई पनि संयमित भयर शान्तिपुर्ण ढंगले आफ्नो गतिविधि गर्नको लागि अपिल गरेका छन् ।
उक्त हत्या काण्डले विभिन्न शंका उत्पन्न गरेको छ । सरकारले चाहने बित्तिकै दोहोरो भिडन्त भनेर नागरिकको गोलि हानी हत्या गर्ने प्रवृत्ति निकै नै अमानवीय, निरंकुश, गैरकानुनी र आपत्ती जनक छ उनले भने ।
प्रतिक्रिया दिनुहोस्