केन्द्रीय सदस्यको कार्यविभाज टुंगो लगाउन बालुवाटारमा नेकपाको बैठक बस्दै

काठमाडौँ, असार ७ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक अहिले केहि बेरमा बस्दैछ ।

प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली युरोप भ्रमणबाट फर्किएपछि पहिलो पटक सचिवालय बैठक बस्न लागेको हो ।

नेकपाका केन्द्रीय सदस्य कृष्णगोपाल श्रेष्ठले प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने बैठकमा केन्द्रीय सदस्यको कार्य्विभाजन र समसामयिक विषयबारे छलफल हुने जानकारी दिए ।

यसअघि गत जेठ २३ गते बसेको बैठकमा पार्टी केन्द्रीय सदस्यको कार्य्विभाजनका विषयमा छलफल भए पनि प्रधानमन्त्री तथा पार्टी अध्यक्ष ओली युरोप भ्रमणमा जानुपर्ने र कार्य्विभाजनबारे तयारी नपुगेको भन्दै स्थगित गरिएको थियो ।

नेकपाका केन्द्रीय सदस्यको कार्य्विभाजनबारे पटक÷पटक बैठक बसे पनि टुङग्याउन सकेको थिएन ।

नेकपाले जिल्ला इञ्चार्ज र सह–इञ्चार्जको टुङ्गो लगाएपछि साङ्गठनिक एकीकरणका अन्य काम टुङग्याउने तयारी गरेको छ ।

यसअघि जेठ २१, २२ र २३ गते सचिवालय बैठक बसेको थियो ।

प्रतिक्रिया दिनुहोस्