रेशम चौधरीको १४ किलोको नेल लगाएर उपचार गरिदै, कारबाही गर्न प्रधानमन्त्रीको निर्देशन
काठमाडौं, असार ७ । राजपा नेता तथा सांसद रेशम चौधरी अहिले अस्पताल भर्ना भएका छन् ।
उनको स्वास्थ्य अवस्था बिग्रीएपछि उपचार गर्नका लागि अस्पताल भर्ना गरिएको हो ।
उनको स्वास्थ्य अवस्था बिग्रीएपछि उपचार गर्नका लागि अस्पताल भर्ना गरिएको हो ।
चौधरीलाई नेल लगाएर नै उपचार गरिएको छ । यसरी नेल लगाएर उपचार गरिएको सार्वजनिक भएपछि प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यानाकर्षण भएको छ ।
प्रधानमन्त्री ओलीले मुख्यसचिव लोकदर्शन रेग्मीलाई नेल लगाएर उपचारका लागि अस्पतालमा लैजानेमाथि कारबाही गर्न निर्देशन दिएका छन् ।
प्रधानमन्त्रीका प्रेस संयोजक चेतन अधिकारीले नेल लगाएर उपचार गराउने लैजाने कार्यमा को–को संलग्न छन्, तिनलाई कारबाही गर्न मुख्यसचिवलाई फोन गरेर निर्देशन दिएको जानकारी दिए ।
टीकापुर थारू विद्रोहको क्रममा जेलमा रहेका सांसद चौधरीलाई मेरूदण्डसम्बन्धी उपचारका निम्ति अहिले वीर अस्पतालमा राखिएको छ ।
उपचारकै क्रममा उनलाई नेल लगाइएको तस्बिर अहिले सामाजिक सञ्जालमा भाइरल बनेको छ।
यसैबिच राजपा नेता तथा सांसद रेशम चौधरीलाई उपचारको क्रममा १४ किलोको नेल र हत्कडी लगाइएको भन्दै समाजवादी पार्टी नेपालका राष्ट्रिय परिषद् अध्यक्ष बाबुराम भट्टराईले विरोध गरेका छन् ।
उनले अस्पतालमा चौधरीलाई भेटेको एक तस्बिर सार्वजनिक गर्दै भनेका छन्, ‘१४ किलोको नेल र हत्कडीले बाँधेर लडाउनु कति मानवोचित र विधिसम्मत हो ?’
‘हिजो निरंकुश राजतन्त्रले ‘आतंकवादी’र ‘अराष्ट्रिय तत्व’को आरोपमा यसरी नै गोलघरको यातना दिएका महानुभावहरूले अहिले उही हर्कत उत्पीडित थारू आन्दोलनकारीहरूमाथि गर्नु कति विडम्बनापूर्ण !’ सरकार र नेताहरुप्रति कटाक्ष गर्दै भट्टराईले भनेका छन् ।
टीकापुर थारू विद्रोहको क्रममा जेलमा रहेका सांसद चौधरीलाई मेरूदण्डसम्बन्धी उपचारका निम्ति अहिले वीर अस्पतालमा राखिएको छ । उनलाई नेल लगाइएको तस्बिर अहिले सामाजिक सञ्जालमा भाइरल बनेको छ।
प्रतिक्रिया दिनुहोस्