काँग्रेसले बोलायोे केन्द्रीय कार्यसमिति बैठक

काठमाडौं, असार ६ । नेपाली कांग्रेसले असार २२ गते केन्द्रीय समितिको बैठक बोलाएको छ । विधान र नियमावलीबारे छलफल गर्न काँग्रेसले बैठक बोलाएको हो ।


पार्टीले सञ्चालन गरेको राष्ट्रिय जागरण अभियानको समीक्षालगायतका विषयमा पनि छलफल हुने कांग्रेसले जनाएको छ ।


असार २२ गते ११ बजेका लागि बैठक बोलाइएको मुख्य सचिव कृष्णप्रसाद पौडेलले सूचनामार्फत जानकारी दिएका छन् ।


बैठकमा नियमावली संशोधन मस्यौदा समितिद्वारा प्रस्तुत नेपाली कांग्रेसको नियमावली, २०७६ माथि छलफल, भातृ एवं शुभेच्छुक संस्थाको विधान र समसामयिक राजनीतिक विषयमा छलफल गरिने कांग्रेसले जनाएको छ ।

उक्त बैठककमा पार्टीका केन्द्रीय पदाधिकारी, केन्द्रीय सदस्य तथा आमन्त्रित सदस्यहरुलाई उपस्थित हुन निर्देशन नै दिइएको छ ।

प्रतिक्रिया दिनुहोस्