समृद्धि, सभ्यता र शान्तिका लागि योगध्यान आवश्यकः प्रधानमन्त्री ओली
काठमाडौँ, असार ६ ।प्रधानमन्त्री केपी शर्मा ओलीले देशलाई समृद्धि, सभ्यता र शान्तितिर लैजान योग एवं ध्यानको आवश्यकता रहेको बताएका छन् ।
पाँचौँ अन्तरराष्ट्रिय योग दिवसका अवसरमा उनले यस्तो आवश्यकता हुनु पर्ने औँल्याएका हुन् ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले आज यहाँ आयोजना गरेको योगाभ्यास तथा प्रवचन कार्यक्रमलाई सम्बोधन गर्दै उनले नेपालीका पुर्खा ध्यानका सर्जक भएकाले नेपाललाई विश्व ध्यान केन्द्रका रुपमा स्थापना गर्नुपर्नेमा जोड दिए ।
प्रधानानमन्त्रीले ओलीले भने “अस्वस्थ चिन्तनबाट बच्न योग गरौँ, कर्म र योग दुवै गरौँ, ध्यानले असहिष्णुताबाट जोगाउँछ, ऋषिमुनिले योगलाई जीवनपद्धति बनाएकाले जरिला भरिला बने, आहार, विहार एवं व्यायामले जीवनलाई सन्तुलित बनाउने भएकाले यसको अभ्यास जरुरी छ”,।
वाल्मीकि, विश्वामित्र, वशिष्ठ, व्यासजस्ता ऋषिमुनिले नेपालभूमिमै साधना गरेकाले यो तपोभूमि, ज्ञानभूमि एवं शान्तिभूमिका रुपमा विश्वमा परिचित भएको उनले बताए ।
केही स्थानमा त्रेतायुगका योगस्थ अवस्थाका मुद्रा भेटिएकाले योगको प्राचीनतालाई प्रमाणित गरेको प्रधानमन्त्री ओलीको भनाइ थियो । दिनभर ताजारुपमा काम गर्ने क्षमताका लागि समय निकालेर योग अभ्यासको परम्परा बसाल्ने सुझाव पनि उनले दिए ।
आज विभिन्न कार्यक्रम गरि योग दिवस मनाईएको छ । जति योगा गर्यो त्यति नै मानिस स्वस्थ रहने जन विश्वास रहेको छ ।
अस्वस्थ चिन्तनबाट बच्न योग गरौँ, कर्म र योग दुवै गरौँ, ध्यानले असहिष्णुताबाट जोगाउँछ, भनेर नै अहिलेको समयमा धेरै मानिस योगा गर्न थालेका छन् ।
प्रतिक्रिया दिनुहोस्