देश विकासका लागि पर्यटन क्षेत्रको विकास गर्नुपर्छः उपराष्ट्रपति पुन

काठमाडौं, असार ६ । देशको विकासका लागि पर्यटन क्षेत्रको विकास गर्नुपनमा उपराष्ट्रपति नन्दबहादुर पुनले जोड दिएका छन् ।

उनले आज बिहान गलेश्वर आश्रममा आयोजित स्वागत कार्यक्रममा सम्वोधन गर्दै यस्तो बताएका हुन् ।

धार्मिक पर्यटनको विकासमा सबै लाग्नुपर्नेमा उनले जोड दिए । सनातन पूर्वीय दर्शन तथा सभ्यताको संरक्षण गर्न र देवघाट क्षेत्रको विकासका लागि प्राथमिकता दिन उपराष्ट्रपति पुनले सरकारलाई सुझाव दिने बताए ।

यस क्षेत्रको विकासका लागि आफुले सक्दो सहयोगको लागि पहल गर्ने समेत उनले आशवाश्न दिए ।


उनले हरिहर सन्यास आश्रम, परमानन्द संस्कृत विद्यापिठ, वेनी सङ्गम, अघोर आश्रम, वशिष्ठ गुफा, सिता गुफा, सिद्धेश्वर शिवालय मन्दिर, गलेश्वर आश्रम, महेश सन्यास आश्रम, विध्येश्वर मन्दिर दर्शन गरेका थिए ।
उपराष्ट्रपति पुनलाई देवघाट क्षेत्र विकास समितिका अध्यक्ष शिव पौडेलले देवघाट क्षेत्रको वस्तुस्थितिबारे जानकारी गराएका थिए ।


उनका अनुसार पहिलो पटक देवघाट पुग्नुभएका उपराष्ट्रपति पुनले यस क्षेत्रको विकासका लागि आफ्नो तर्फबाट सक्दो पहल गर्ने जानकारी दिएका छन् ।

पाँचौँ अन्तर्रा्ष्ट्रिय योग दिवसको विशेष कार्यक्रमलाई सम्बोधन गर्न पुन बिहीबार चितवन आएका हुन् ।

प्रतिक्रिया दिनुहोस्