विप्लव नेतृत्वको नेकपाका ५ नेता रोल्पाबाट पक्राउ

काठमाडौं, असार ६ । विप्लव नेतृत्वको नेकपाका ५ नेता रोल्पाबाट पक्राउ परेका छन् ।
जिल्ला प्रहरी कार्यालय रोल्पाले ‘विप्लव’ नेतृत्वको नेकपाका ५ जना स्थानीय नेताहरुलाई बिहीबार राति पक्राउ गरेको हो ।

प्रहरीले रोल्पाको माडी गाउँपालिका–२ पेदिखोलामा सुतिरहेका नेकपा गंगादेव गाउँपालिका इञ्चार्ज सन्दीप वली, माडी गाउँपालिका इञ्चार्ज स्याम बुढा, देबबहादुर वली ‘दिनेश’ र गणेश मगरलाई पक्राउ गरेको हो । उनीहरुलाई हिजैै सदरमुकाम लिबाङ ल्याइएको र आज अदालतमा म्याद थप गरी थप अनुसन्धान अघि बढाइने जिल्ला प्रहरी कार्यालय रोल्पाका डीएसपी दिपक खड्काले जानकारी दिए ।

यस्तै लिबाङमै चिया पसल गर्दै आएका विप्लवका कार्यकर्ता देउराम सुनारलाई पनि प्रहरीले पक्राउ गरेको छ ।

सुनारलाई हिरासतमा बसेका नेताहरुलाई चिया पु¥याउन गएको बेला पक्राउ गरेको हो । हिजो मात्रै सर्लाहीमा प्रहरी र विप्लव समूहबीच भिडन्त भएको छ ।

भिड्न्तमा प्रहरीको गोली प्रहारबाट जिल्ला इञ्चार्ज मारिएका छन् । पछिल्ला दिनमा प्रहरीले विप्लवबिच दोन्द बढेको छ ।

प्रतिक्रिया दिनुहोस्