एमाले-माओवादीको एकता प्रक्रिया लम्बिदै
काठमाठौं – एमाले र माओवादी केन्द्रबीचको एकता प्रक्रियामा लम्बिदै गएको छ । एकीकृत पार्टीको नेतृत्व, दोस्रो पुस्ताका नेताको व्यवस्थापन लगाएका विषयका कारण एकता प्रक्रियामा ढिलाई भएको नेताहरुले बताएका छन् ।
राष्ट्रियसभा निर्वाचनका कारण प्रक्रिया लम्बिँदै गएको बताईए पनि नेतृत्व र पदिय बाँडफाँडका कारण एकतामा ढिलाई भईरहेको हो । केहि दिन यता कम्यूनिष्ठ गठबन्धनका प्रमुख नेता केपी ओली र पुष्पकमल दाहालबीच नयाँ सरकार गठनअगावै एकता टुंग्याउने गरी नियमित छलफल चलिरहेको छ ।
तर, दुई नेताबीचको छलफल एकीकृत पार्टीको नेतृत्वमा अड्किएको छ । एमाले अध्यक्ष ओली सरकारको नेतृत्व गर्दै प्रधानमन्त्री बन्ने भएकाले एकीकृत पार्टीको नेतृत्वमा माओवादीले दाबी गरेको छ । तर, एमालेले भने महाधिवेशनअगावै त्यसरी जाँदा विधान र पद्धति कमजोर हुने भन्दै दुवै पार्टी प्रमुख बन्ने मोडलमा सहमति खोज्नुपर्नेमा जोड दिएको छ ।
शीर्ष नेताको व्यवस्थापन जति पेचिलो बनेको छ, त्यति नै अप्ठ्यारो दोस्रो वा तेस्रो तहका नेताहरुको व्यवस्थापनमा पनि हुनेछ ।चुनावअघि अन्य पार्टीबाट एमाले र माओवादीमा मिसिन आइपुगेका नेताहरुको व्यवस्थापनले झनै किचलो थपिदिएको छ ।
चुनावबाट प्रतिनिधि वा प्रदेशसभामा पुग्न नसकेका नेताहरुलाई एकीकृत पार्टीमा कसरी समायोजन गर्ने भन्ने विषय पनि चुनौतीकै विषय बनेको छ ।
प्रतिक्रिया दिनुहोस्