माइतीघरमा खबरदारी सभा भइरहँदा ओली–प्रचण्डबीच बालुवाटारमा छलफल

काठमाडौँ, असार ४ । माइतीघरमा खबरदारी सभा भइरहँदा ओली–प्रचण्डबीच बालुवाटारमा छलफल चलीरहेको छ ।

यति बेला नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का दुई अध्यक्ष प्रधानमन्त्री निवास बालुवाटारमा छलफलमा जुटेका छन् ।

माइतीघरमा सरकारले ल्याएको गुठी विधेयकको विरोधमा विशाल खबरदारी सभा आयोजना भइरहँदा दुई अध्यक्ष छलफलमा जुटेका हुन् ।

हिजो मात्रै सरकारले गुठी विधेक फिर्ताको घोषणा गरेको थियो तर पनि आज सरकार विरुद्ध माइतीघरमा विशाल प्रदर्शन भइरहेको छ ।

दुई अध्यक्षबीच पछिल्लो राजनीतिक घटनाक्रम तथा पार्टी एकताका बाँकी कार्यभारका विषयमा छलफल हुने बताइएको छ ।

बुधबार साढे १२ बजेदेखि नेकपा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र अध्यक्ष पुष्पकमल दाहाल छलफलमा जुटेका हुन् ।

प्रतिक्रिया दिनुहोस्