माओवादी केन्द्र कार्यालयको बिस्तारित बैठक बस्दै

काठमाडौं । माओवादी केन्द्र कार्यालयको बिस्तारित बैठक आज बस्दैछ ।

पार्टी एकता प्रक्रिया, जिम्मेबारी बाँडफाँट तथा नयाँ सरकार गठन लगायत बिकसित राजनीतिक अबस्थाबारे छलफल गर्न माओवादी केन्द्र कार्यालयको बिस्तारित बैठक बस्न लागेको हो ।

ललितपूरको खुमलटारस्थित अध्यक्ष पुष्पकमल दाहालको निवासमा बिहान ११ बजे बस्ने बैठकमा राष्ट्रपतिबाट अध्यादेश प्रमाणिकरण भएपछिको अवस्थामा अघि बढ्को राजनीतिक कोर्ष र त्यसमा पार्टीले खेल्ने भुमिका लगायत बिषयमा छलफल हुने प्रबक्ता पम्फा भुषालले जानकारी दिइन।

शीर्ष नेताहरु रहेको कार्यालय बैठकमा एमालेसंगको एकता प्रक्रियाका बिषयमा समेत छलफल हुने बताईएको छ । दुई पार्टीको शीर्ष तहमा पछिल्ला समय भएको छलफलमा भएको प्रगतिसंगै आजको बैठकमा नयाँ सरकार गठनबारे पनि छलफल हुने प्रबक्ता भुषालले जानकारी दिएकि छन्

 

प्रतिक्रिया दिनुहोस्