प्रचण्ड भन्छन् – पार्टी एकीकरणका समयमा भएका सबै सहमति इमान्दारिताका साथ कार्यान्वयन हुनुपर्छ

काठमाडौं, असार २ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष प्रचण्डले पार्टी एकीकरणका समयमा भएका सबै सहमति इमान्दारिताका साथ कार्यान्वयन हुनुपर्ने बताएका छन् ।

पार्टी कार्यालय धुम्बाराहीमा अध्यक्ष दाहालले रितबहादुर खड्काको १७ औं स्मृति दिवसका अवसरमा आयोजित कार्यक्रममो सहमतिअनुसार नै पार्टी सञ्चालन सञ्चालन हुनुपर्ने बताए ।

तत्कालीन एमाले र माओवादी केन्द्रबीच एकीकरण हुँदा सत्ता हस्तान्तरणका विषयमा भएको सहमतितर्फ संकेत गर्दै दाहालले सहमतिहरु इमान्दारिताका साथ कार्यान्वयन हुनुपर्ने बताए ।

उनले सहिदका सपना साकार पार्न कम्युनिस्ट पार्टीलाई जनताले मत दिएको प्रष्ट पार्दै त्यसलाई खेर जान दिन नहुने बताए ।

अध्यक्ष दाहालले जनवादमार्फत् समाजवादमा पुग्ने कम्युनिस्ट पार्टीको लक्ष्य भएको बताए । पार्टी एकीकरण गर्दा प्रष्ट रुपमा वैचारिक लाइन तय भइसकेको भए पनि कतिपय नेताहरुले यसलाई गलत ढंगबाट व्याख्या गरेको उनको भनाइ थियो ।

प्रतिक्रिया दिनुहोस्