विकास हुनको लागि कि ठूलो प्राकृतिक क्षति कि मानवीय द्वन्द्व हुन आवश्यक छ’ :अध्यक्ष प्रचण्ड
काठमाडौं, जेठ ३० । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष ‘प्रचण्ड’ले दश वर्षे जनयुद्धले देशमा आर्थिक समृद्धिको बाटो खोलेको बताएका छन् ।
बलेफि गाउँपालिका ५ कुपकन्या माध्यामिक विद्यालयको नवनिर्मित भवन उद्घाटन तथा हस्तातन्त्ररण कार्यक्रमको सम्बोधनका क्रममा अध्यक्ष प्रचण्डले यस्तो बताएका हुन् । उनले जनयुद्धपछि मात्रै नेपालमा शान्ति छाएको बताए ।
दश वर्षे जनयुद्धपछि मात्रै नेपालमा संघीय लोकतान्त्रिक गणतन्त्र प्राप्त भएको दावी गरे । कुनै पनि ठाउँको विकास हुनको लागि कि ठूलो प्राकृतिक क्षति कि मानवीय द्वन्द्व हुन आवश्यक छ’ उनले भने, ‘त्यसैले गर्दा नेपालमा अहिले आर्थिक समृद्धिको बाटोमा लागेको छ ।’
जनयुद्धको जग सिन्धुपाल्चोकमा भूकम्पले तहसनहस पारेको बेलालाई सम्झदै अब सिन्धुवासीमा मात्रै नभएर सिंगो नेपाल समृद्धको बाटोमा लागेको बताए । ठूलो प्रकोप र द्वन्द्वपछि नै विकशित मुलुक समृद्ध बनेको उदाहरण जापानलाई दिँर्दै नेपालमा पनि नयाँ संस्कारको साथमा विकास गति दिएको उल्लेख गरे ।
‘नेपालमा राजनीतिक अस्थिरताको अन्त्य भएको छ । अबको समय भनेको विकास निर्माणमा जुट्ने हो’ उनले भने,‘राजनीतिक अस्थिरतापछि अहिलेको सरकार आर्थिक समृद्धि र समृद्ध मुलुक स्थापना गर्ने जमर्कोमा जुटेको छ ।’ भूकम्पले अन्य देशहरूसँग पनि भाइचाराको विकास भएको बताए ।
२०७२ सालमा भूकम्प नगएको भए पनि नेपालको संविधान निर्माण नहुने दावी गरे । आफू सरकारको प्रतिपक्ष दलको प्रमुख हुँदा पनि संविधान निर्माणको लागि नायकको भूमिक निर्वाह गरेको बताए ।
सिन्धुपाल्चोकसँग आफू विभिन्न ठाउँबाट नजिक रहेको हुनाले यहाँको विकासको लागि आफूले सक्दो सहयोग गर्ने उद्घोष गरे ।
विकासका निमार्णमा केहि ढिलाइ हुने गरेको बताउदै यँहाका जनाताको साथमा आफु सधै रहने उनले बताए ।
विकास निमार्णले गती लिदा अब नेपाल अािर्थक र विकासको बाटोतिर लम्केको समेत उनले बताए ।
प्रतिक्रिया दिनुहोस्