विधयेकहरु परिमार्जन भएर नै पारित हुन्छन् : अध्यक्ष प्रचण्ड

काठमाडौं, जेठ २९ । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहालले विधयेकहरु परिमार्जन भएर नै पारित हुने बताएका छन् ।

बुधबार प्रेस संगठनले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष दाहालले गृहकार्य र तयारीविना नै आएको विधेयक परिमार्जन भएर नै पारित हुने बताएका हुन् ।

‘संसदमा पेश भएका र हुन लागेका विधेयकहरुको पूर्ण तयारी नभएकोले विरोध भएको छ, गुठी, सञ्चार क्षेत्रलगायतका विधेयकहरु ल्याउँदा सम्बन्धित क्षेत्रका विशेषज्ञहरुसँग सुझाव लिनुपर्छ,’ उनले भने । विधेयक ल्याउनका लागि जुन गृहकार्य हुनुपर्थ्यो र त्यो हुन नसक्दा असहमति जुटेको अध्यक्ष दाहालले उल्लेद गरे ।

विवादमा रहेका विधयेकमा केही कमी देखिएको र आउँदा दिनमा यस्ता विधयेकमा प्रर्याप्त छलफल गरेर सहमति जुटाउनेतर्फ सरकार र पार्टी सतर्क रहेको उनले बताए ।
यति बेला संसदमा पेस भएका विधेकलाई लिएर विवाद उत्पन्न भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्