धादिङ्ग काँग्रेस जागरण अभियान समापन, राष्ट्रिय एजेण्डामा काँग्रेस प्रतिवद्ध छ: संयोजक पौडेल
धादिङ्ग, २५ जेष्ठ । नेपाली काँग्रेसको एक महिने देश व्यापी कार्यक्रम सम्पन्न भएको छ । यस्तै धादिङ्ग जिल्लामा पनि पार्टीको जारगण अभियान सम्पन्न भएको छ ।
जागरण अभियानको समापन कार्यक्रममा नेपाली काँग्रेसका केन्द्रिय सदस्य एवं जागरण अभियानका लागि धादिङ जिल्लाका केन्द्रिय प्रतिनिधि प्रदीप पौडेल, नेपाली काँग्रेसका पूर्व सभापति तथा पूर्व सभासद रामनाथ अधिकारी, जिल्ला सभापति रमेश धमला, पूर्व मन्त्री दिलमान पाख्रिन, नीलकण्ठ नगरपालिकाका मेयर भिम प्रसाद ढुंगना लगायत काङग्रेसका नेता तथा कार्यकर्ताहरुले बोलेका थिए ।
जागरण अभियानको समापन कार्यक्रमलाई सम्बोधन गर्दै नेपाली काँग्रेस केन्द्रिय सदस्य एवं जागरण अभियानका लागि धादिङ जिल्लाका केन्द्रिय प्रतिनिधि प्रदीप पौडेलले गणितिय हिसावका पराजित भएपनि नेपाल काङग्रेस शान्ति, विकास र समृद्धिको मुद्धामा कहिल्यै कमजोर नभएको बताए । काँग्रेसकै नेतृत्वमा देशमा शान्ति स्थापना गरि संविधान जारी भएपश्चात भएको निर्वाचनमा कम्युनिष्ट गठबन्धनका कारण गणितिय हिसावमा पराजित भएपनि आफ्नो एजेण्डा र राष्ट्रको सम्वृद्धि अभियानमा बाम गठबन्धन भन्दा काँग्रेस नै अघि रहेको दावी गरे ।
कार्यक्रममा बोल्दै धादिङ काँग्रेस सभापति रमेश धमलाले पहिलो चरणको जागरण अभियान सफलता पुर्वक सकिएको बताउँदै काङग्रेसले लिएको नीति अनुसार कार्यकर्ताहरुमा अझ उत्साहित भएको बताए । उनले बर्तमान सरकारको भ्रष्टाचार र घोटाला बारे जनतालाई सचेत गराउन यो जागरण अभियान सफल भएको दावी गरे । अब दोस्रो चरणको अभियान केही समयमा सुरु हुने भएकाले तयारी अवस्थामा रहन नेता कार्यकर्तालाई आग्रह गरे ।
पूर्व सभासद् तथा सभापति रामनाथ अधिकारीले सरकार पछिल्लो समय भ्रष्टचारमा लिप्त भएको बताउँदै यस प्रति काँग्रेस हरेक क्षेत्रमा सुक्ष्म रुपमा निगरानी गरिरहेका बताए ।
प्रतिक्रिया दिनुहोस्