कांग्रेसको देशब्यापीको पहिलो चरणको जागरण अभियान सकियो ,शीर्ष नेतालाई स्थानीय नेताको यस्तो सुझाव’

काठमाडौँ , जेठ २५ । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले एक महिने ‘हिमाल, पहाड, तराई–मधेश नेपाली कांग्रेस राष्ट्रिय जागरण अभियान’ को पहिलो चरण आज सकिदैँछ ।

कांग्रेसले ७७ जिल्लामा केन्द्रीय प्रतिनिधि पठाएर एक महिने जागरण अभियान सञ्चालन गरेको थियो ।

वैशाख २५ देखि सुरु भएको जागरण अभियान आज ७७ जिल्लामा सभाहरु गरी समापन गरिँदै छ ।

गत वैशाख २५ गतेदेखि शुरु भएको उक्त अभियानको पहिलो चरणमा जिल्लास्तरबाट केन्द्रीय नेताहरुको मत एक बनाउन दिएको सुझाव समेत संकलन गरिएको छ।

कांग्रेसले उक्त सुझाव संकलनका लागि ७७ वटै जिल्लामा केन्द्रीय प्रतिनिधि खटाएको थियो।

प्रतिनिधिहरुले स्थानीय भेलादेखि सहिदका परिवारसँगको भेटघाटबाट सुझावहरु संकलन गरिएको कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले बताए।

कांग्रेसका एक नेताका अनुसार अभियानका क्रममा केन्द्रस्तरबाट स्थानीयस्तरलाई प्रेरित गर्ने काम नभएको, मतभिन्नता रहेको र गुटउपगुटले आफूहरुलाई निराश बनाएको गुनासो आएको छ।

यस्तै पार्टीको महासमिति बैठकमा जनाएको प्रतिवद्धता पनि केन्द्रस्तरका नेताहरुले लागू नगरेको गुनासो स्थानीय नेता तथा कार्यकर्ताहरुले गरेका छन्।

अभियान सञ्चालनका क्रममा स्थानीयस्तरबाट प्रमुख प्रतिपक्षीको हैसियतमा दुवै सदनमा सक्रिय भूमिका निर्वाह गर्न नेताहरुलाई आग्रह समेत गरिएको छ।

कांग्रेसले आफ्नो संगठन निर्माणमा भन्दा पनि सरकारलाई गाली गर्नमै जागरण अभियानमा धेरै समय खर्चेको छ ।

पार्टी्भित्रको आन्तरिक द्वन्द्वबारे जागरण अभियानमा नदेखाउने निर्णय भए पनि कतिपय सभाहरु कांग्रेस नेताहरुले पार्टी्भित्रकै आलोचनामा बिताएका थिए । काठमाडौंको पहिलो चरणको जागरण अभियान पनि आज सकिएको छ ।

अभियानको दास्रो चरण आगामी भदौ २४ गते सुरु गर्ने र असोज ७ गते सम्पन्न गर्ने कांग्रेसको योजना छ । यस्तै तेस्रो चरण पुस ७ गते सुरु गरी पुस १६ गते पुरा गर्ने तयारीमा जुटेको छ ।

प्रतिक्रिया दिनुहोस्