नेकपाका नेता हुमागाँई कांग्रेसमा प्रवेश , देउवाले गरे स्वागत
काठमाडौं , जेठ २४ । नेपाल कम्युनिष्ट पार्टीका ललितपुर जिल्ला नेता रामकृष्ण हुमागाँई नेपाली काँग्रेस प्रवेश गरेका छन् ।
हुमागाँईलाई सभापति शेरबहादुर देउवाले स्वागत गरेका हुन । देउवाले राष्ट्रिय जागरण अभियान कार्यक्रम अन्तर्गतशुक्रबार हुमागाँईलाईे नेपाली काँग्रेसमा स्वागत गरि प्रवेश गराएका हुन् ।
पार्टीमा प्रवेश गर्दै नेता हुमागाँईले सत्तासीन नेकपा लालबाट दलाल भएकोले आफू काँग्रेस प्रवेश गरेको बताएका छन् ।
‘२५ वर्ष नेकपाको स्कुलिङमा हुर्किँदा काँग्रेसप्रति मलाई भ्रम थियो । देशभक्त र असली लोकतन्त्रको पहरेदार काँग्रेस रहेछ । अहिले आएर थाहा पाएँ ।’उनले भने
उनले सत्तारूढ नेकपामा कम्युनिष्ट चरित्र नभएको बताउँदै कम्युनिस्ट हुँ भन्दा लाज लाग्ने परिस्थिति सिर्जना भएकोले कांग्रेस प्रवेश गरेका बताए । उनले अब आफूले ललितपुरलाई काँग्रेसको किल्ला बनाउने दाबी गरे ।
साथै उनले पार्टीले दिने जिम्मेवारी इमानदारीपूर्वक पालना गर्ने पनि बताए ।
हुमागाई ललितपुरको निर्वाचन क्षेत्र १ को (ख) मा प्रदेश सभा सदस्याको उम्मेदावारका लागि सिफारिस गरिएको थियो । तर उनले टिकट भने पाएका थिएनन् ।
प्रतिक्रिया दिनुहोस्