मिडिया काउन्सिल विधेयक अघि बढाए संसद र सडक दुवै अवरुद्ध पारेर आन्दोलन चर्काउने सभापति देउवाको चेतावनी
काठमाडौं , जेठ २४ । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले सरकारले मिडिया काउन्सिलसम्बन्धी विधेयक अघि बढाए संसद अवरुद्ध पार्ने चेतावनी दिएका छन् ।
सभापति देउवाले लोकतन्त्र विरोधी मिडिया काउन्सिल विधेयक, मानव अधिकार हनन् हुने गरी आएको मानव अधिकार आयोगसम्बन्धी विधेयक संसदबाट अघि बढाउन खोजे संसद र सडक दुवै अवरुद्ध पारेर आन्दोलन चर्काउन आफ्नो पार्टी बाध्य हुने पनि बताए ।
शुक्रबार पार्टीद्धारा ललितपुरमा आयोजित एक कार्यक्रममा बोल्दै उनले सरकारले बालुवाटारलगायतका सार्वजनिक तथा गुठीको जग्गा नियन्त्रणमा लिएर पार्टीका सांसदहरुलाई दिने काम गरिरहेको आरोप लगाउँदै त्यस्ता गतिविधि रोक्न पनि आफ्नो पार्टी लागिपर्ने बताए ।
सभापति देउवाले सरकारले मिडियामाथि अंकुश लगाएर लोकतन्त्रलाई कमजोर बनाउने षडयन्त्र गरिरहेको पनि दोहो¥याए ।
सरकारका हरेक कदम लोकतन्त्र र जनता विरोधी भएकाले आफ्नो पार्टीले प्रतिवाद गर्ने योजना तय गरेको सभापति देउवाको भनाइ छ ।
मिडिया काउन्सिलसम्बन्धी अघि नबढाउन् सरकारलाई दबाब परे पनि सरकारले फिर्ता नलिने अडान लिदै आएको छ ।
कुनै हालतमा पनि फिर्ता नहुने अडान लिरहदा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले भने अगाडी बढ्न नदिने चेतावनी दिदै हाएको छ ।
प्रतिक्रिया दिनुहोस्