नेता रिजालले भने- सरकारले भ्रष्टाचार नियन्त्रण गर्न सकेन
काठमाडौं, जेठ २४। प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका नेता डा.मिनेन्द्र रिजालले सरकारले भ्रष्टाचार नियन्त्रण गर्न नसकेको आरोप लगाएका छन् ।
नेता रिजालले समाजवाद उन्मुख अर्थतन्त्र निर्माण गर्ने लक्ष्य लिएको सरकारले भ्रष्टाचार नियन्त्रण गर्न नसक्नु आपत्तिजनक रहेको ठहर गरेका हुन् ।
जताततै भ्रष्टचार मौलाइरहदा पनि सरकारले केहि गर्न नसकेको आरोप लागाए ।
शुक्रबार काठमाडौंमा आयोजित आगामी आर्थिक वर्षको बजेट सम्बन्धि एक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले रोजगारीको अवसर सृजना गर्न पनि सरकार गम्भिर नभएको दावी गरे ।
उनले रोजगारीलाई कुनै पनि प्राथमीकता नदिएको टिप्पणी समेत गरे ।
उनले आगामी आर्थिक वर्षको बजेटमा पनि सरकारले रोजगारीको अवसर सृजनाका लागि आवश्यक लगानीको जोहो गर्न नसकेको दावी गरे ।
छायाँ सरकारका अर्थमन्त्री समेत रहेका उनले एक वर्षभित्र ५ लाख नागरिकलाई रोजगारीको अवसर दिने कार्यक्रम किन ल्याउन नसकेको ? भनि सरकारलाई प्रश्न पनि गरे ।
नेता रिजालले सरकारले वैदेशिक रोजगारीमा गएका नागरिकलाई देश भित्रै अवसर सृजना हुने गरी कुनै पनि कार्यक्रम बजेटमा ल्याउन नसकेको स्मरण गराए । यस्ता कार्यका लागि सरकार अलिकति पनि गम्भीर नएको उनको भनाई रहेको थियो ।
प्रतिक्रिया दिनुहोस्