आज बस्ने भनिएको नेकपा सचिवालय बैठक फेरि स्थगन, अब ओलीको युरोप भ्रमणपछि मात्रै

काठमाडौं, जेठ २३। आज बस्ने भनिएको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सचिवालय बैठक स्थगन भएको छ ।

अब अर्को बैठक प्रधानमन्त्री ओलीको युरोप भ्रमण सकेर आएपछि मात्रै सचिवालय बैठक बस्ने नेताहरले बताएका छन् । प्रधानमन्त्री शनिबारदेखि युरोपको साताव्यापी भ्रमणमा जाने भएका छन् ।

पार्टीको आज बस्ने सचिवालय बैठकले केन्द्रीय सदस्यको कार्य विभाजन तथा जिल्ला कमिटीको इञ्चार्ज र सहइञ्चार्ज टुङ्गो लगाउने तयारी गरेको थियो ।

प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बैठकका लागि गृहकार्य नपुगेकाले स्थगन गरिएको पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

केन्द्रीय सदस्यको कार्य विभाजन र जिल्ला इञ्चार्ज तथा सहइञ्चार्ज तोक्ने विषयमा मङ्गलबारदेखि नियमित बैठक बस्दै आएको थियो ।

कार्य्विभाजन सकाएपछि बाँकी रहेका साङ्गठनिक एकीकरणका अन्य काम र थप कार्य्विभाजनका विषयमा समेत प्रवेश गर्ने पार्टीको तयारी थियो ।

प्रतिक्रिया दिनुहोस्