बाँदरमुढे घटनाको १४ वर्ष : पीडितको अवस्था उस्तै ‘न राहत न न्याय’, अध्यक्ष प्रचण्डले प्रतिबद्धता जनाए पनि काम गरेनन्
काठमाडौं, जेठ २३ । चितवनको माडीमा पर्ने बाँदरमुढे खोलामा तत्कालीन माओवादीले यात्रुबसमा गराएको विष्फोटपछि ४१ जनाको ज्यान गएको आज १४ वर्ष पुरा भएको छ ।
वि.सं २०६२ साल जेठ २३ गते यात्रु बोकेर गुडिरहेको ना १ ख ३२४५ नम्बरको सार्वजनिक बस विस्फोटमा पर्दा घटना स्थलमै ३८ जनाको ज्यान गएको थियो भने ७५ जना घाइते भएका थिए ।
घटना पश्चात् पीडितको राहतका लागि विभिन्न समयमा विभिन्न प्रतिबद्धताहरु व्यक्त गरिएपनि पूरा नहुँदा पीडितहले थप पीडा भोगिरहेका छन् । घटना घटेको एक वर्षपछि बाँदरमुढे घटना पीडित संघर्ष समिति बनाएर पीडितहरु न्याय माग्दै आएका छन् ।
घटनामा परी आफन्त गुमाएका र अपाङ्ग भएकाहरु अझै पनि न्याय र राहतको आशामा बसिरहेका छन् ।
तत्कालीन माओवादीले सकरकारको नेतृत्व गरिसकेको र पटक–पटक सरकारमा पुग्दा समेत पीडितको पक्षमा न्याय हुनसक्नेगरी काम गर्न नसके पीडितहरु बताउँछन् । आश्वासन आउने गरेको तर काम नभएको उनीहरुको गुनासो छ ।
तत्कालीन माओवादीका नेतृत्व सम्हालेका पुष्पकमल दाहाल अहिले यो क्षेत्रको सांसद समेत रहेका छन् । संसदीय निर्वाचनका क्रममा दाहालले २०७४ मंसिर १७ गते माडीमै पुगेर पीडित पक्षसँग गरेका सहमति अझै लागू हुन सकेको छैन ।
मृतकका आश्रीत परिवारलाई काम गर्न सक्नेलाई रोजगार, काम गर्न नसक्नेलाई जीवनवृत्ती र बालबालिकालाई पढाइदिने समहमति भएको थियो ।
घाइतेको अवस्था हेरी औषधि उपचारको व्यवस्था गर्ने, काम गर्न सक्नेलाई रोजगार र नसक्नेलाई जीवनवृत्ती दिने सहमति थियो । यसैगरी घटनामा ज्यान गुमाएकाहरुको सम्झनामा बाँदरमुढेमा १० विगाह जमिनमा नमूना संग्राहालय बनाउने अर्को सहमति पनि भएको थियो । अहिले यी सहमति कुनै पनि पूरा भएका छैनन् ।
।
घटना पश्चात् पीडितको राहतका लागि विभिन्न समयमा विभिन्न प्रतिबद्धताहरु व्यक्त गरिएपनि पूरा नहुँदा पीडितहले थप पीडा भोगिरहेका छन् । घटना घटेको एक वर्षपछि बाँदरमुढे घटना पीडित संघर्ष समिति बनाएर पीडितहरु न्याय माग्दै आएका छन् ।
घटनामा परी आफन्त गुमाएका र अपाङ्ग भएकाहरु अझै पनि न्याय र राहतको आशामा बसिरहेका छन् ।
तत्कालीन माओवादीले सकरकारको नेतृत्व गरिसकेको र पटक–पटक सरकारमा पुग्दा समेत पीडितको पक्षमा न्याय हुनसक्नेगरी काम गर्न नसके पीडितहरु बताउँछन् । आश्वासन आउने गरेको तर काम नभएको उनीहरुको गुनासो छ ।
तत्कालीन माओवादीका नेतृत्व सम्हालेका पुष्पकमल दाहाल अहिले यो क्षेत्रको सांसद समेत रहेका छन् । संसदीय निर्वाचनका क्रममा दाहालले २०७४ मंसिर १७ गते माडीमै पुगेर पीडित पक्षसँग गरेका सहमति अझै लागू हुन सकेको छैन । मृतकका आश्रीत परिवारलाई काम गर्न सक्नेलाई रोजगार, काम गर्न नसक्नेलाई जीवनवृत्ती र बालबालिकालाई पढाइदिने समहमति भएको थियो ।
घाइतेको अवस्था हेरी औषधि उपचारको व्यवस्था गर्ने, काम गर्न सक्नेलाई रोजगार र नसक्नेलाई जीवनवृत्ती दिने सहमति थियो । यसैगरी घटनामा ज्यान गुमाएकाहरुको सम्झनामा बाँदरमुढेमा १० विगाह जमिनमा नमूना संग्राहालय बनाउने अर्को सहमति पनि भएको थियो । अहिले यी सहमति कुनै पनि पूरा भएका छैनन् ।
हरेक वर्ष झैँ यो वर्ष पनि पीडित परिवारले घटना स्थलमा धुपवत्ति बालेर मृतकहरुको सम्झना गरेको बाँदरमुढे घटना पीडित समितिका अध्यक्ष मुक्तिनाथ न्यौपानेले बताए । गएका वर्षहरुको निरन्तरता दिने काम बाहेक अरु केही गर्न नसकिएको उहाँले बताए
घटना भएको १४ वर्ष पुग्दा पनि पीडितले न्याय पाउन नसकेको बताउँदै उनले पीडितको माग अहिलेसम्म सुनुवाई हुन नसकेको बताए । उनले राज्यका तर्फबाट पीडित परिवारले केही पाउन नसकेको गुनासो गरे ।
घटनामा घाइते भएका १५ जनाले अहिले पनि औषधि सेवन गरिरहेको र सात जना मानसिक समस्यामा रहेको न्यौपानेले बताए ।
बाँदरमुढेमा पार्क निर्माणका लागि विस्तृत अध्ययन प्रतिवेदन तयार गरी बजेट माग गरिएको बताउँदै माडी नगरपालिकाका प्रमुख ठाकुरप्रसाद ढकालले आउँदो आर्थिक वर्षबाट काम गर्ने गरी बजेट विनियोजन भएको भन्ने सुनिएको बताए । स्वरोजगार कार्यक्रम अन्तर्गत २५ पीडित परिवारलाई १ लाख रुपैयाँका दरले अनुदान दिन लागिएको ढकालले बताए ।
मृतकको सम्झनामा घटनास्थल बाँदरमुढे खोलामा स्थानीय प्रशासन, नेपाली सेना र स्थानीय बासिन्दाबाट उठाएको सहयोग रकमबाट स्मारक निर्माण गरिएको छ ।
यता पूर्व माओवादीका अध्यक्ष एवं हाल नेकपाका अध्यक्ष पुष्पकमल दाहालले गत निर्वाचनको समयमा बाँदरमुढे घटना ‘जनयुद्ध’मा भएको सबैभन्दा ठूलो गल्ती भएको स्वीकारेको भए पनि प्रतिबद्धता कार्यान्वयन गर्न सकेका छैनन् ।
उनले आफ्नो सरकार बने लगत्तै बाँदरमुढे घटनाका पीडित परिवारलाई सम्मान हुनेगरी सम्बोधन गर्ने घोषणा गरका थिए ।तर त्यो अहिले सम्म कार्यान्वयन हुन सकेको छैन । पिडितहरुले अझै सम्म न्याय पाउन सकेका छैनन् । उनीहरुको मागको सुनुवाइ समेत अहिदले सम्म हुन सकेको छैनन् ।
प्रतिक्रिया दिनुहोस्