इजरायल-हमास युद्धविराम सम्झौताले, विपिन रिहाइको आशा जगायो

२ माघ, काठमाडौं । इजरायल र हमास गाजामा १५ महिना जारी युद्ध अन्त्य गर्न युद्धविराम सम्झौतामा पुगेका छन् । इजरायल-हमास युद्धविराम सम्झौताले विपिन रिहाइका लागि आशा जगाएको छ ।

बीबीसीलाई जनाए अनुसार स्थायी युद्धविरामको लागि दुवैपक्ष तयार भएका छन् । सम्झौताको औपचारिक रूपमा घोषणा भने गरि सकिएको छैन ।

यो सम्झौताले लाखौं विस्थापित गाजाबासीहरूलाई घर फर्कन अनुमति दिने र बन्धकहरूको रिहाइको सुनिश्चितता गरेको छ ।

हमासले गत वर्ष ७ अक्टोबर २०२३ मा दक्षिणी इजरायलमा आक्रमण गरी १ हजार २ सय बढीको ज्यान लिएको थियो । त्यस्तै, २५१ जनालाई बन्धक बनाएर गाजातर्फ लगेको थियो । जस मध्ये अझै पनि धेरैको अवस्था अज्ञात छ ।

नेपाली विद्यार्थी विपिन जोशीसमेत हमासको बन्धक बनेका छन् । यो सम्झौतासँगै विपिनको रिहाइको आशा पलाएको छ ।

सो आक्रमणपछि गाजामा ठूलो धनजनको क्षति भएको थियो । हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयका अनुसार गाजामा इजरायलको आक्रमणबाट अहिलेसम्म ४६ हजार बढी प्यालेस्टाइनीहरू मारिएका छन्। ।

इजरायलले अझै पनि ९४ जनालाई हमासले बन्धक बनाएको छ जसमध्ये करिब ३४ जनाको मृत्यु भएको अनुमान गरिएको छ ।

यसैबीच अमेरिकी नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले बन्धकहरूको रिहाइका लागि सम्झौता भएको र उनीहरूलाई छिट्टै रिहा गरिने बताएका छन्। ।

सम्झौताको पहिलो चरणमा हमासले ५० वर्षभन्दा माथिका महिला, बालबालिका र पुरुषसहित ३३ जना इजरायली बन्धकहरूलाई रिहा गर्ने छ ।

पहिलो चरणको १६ औँ दिनदेखि सुरु हुने दोस्रो चरण कार्यान्वयन सुरू हुने र बाँकी रहेका सबै बन्धकहरूको रिहाइ हुने मध्यस्थकर्ताहरूले जनाएका छन् ।

स्थायी युद्धविराम र गाजाबाट इजरायली सेनाको फिर्ती सम्झौतामा उल्लेख रहेको बीबीसीले जनाएको छ ।

तेस्रो चरणले मृत बन्धकहरूको बाँकी सबै शवहरू फिर्ता गर्ने र गाजाको पुनर्निर्माणको सुरुवातलाई सम्बोधन गर्ने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्