सुन र चाँदी दुबै धातुको मूल्यमा भारि वृद्धि

काठमाडौं,३ माघ । बिहीबार सुन र चाँदी दुबैको मूल्य बढेको छ । आज सुन तोला एक हजार २०० रुपैयाँ बढेको छ भने चाँदी ५० रुपैयाँ बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ५६ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यसैगरी, चाँदीको मूल्यमा पनि भारि वृद्धि भएको छ । आज चाँदीको मूल्य तोलाको एक हजार ८० रुपैयाँमा कारोबार भइरहेको छ ।

 

प्रतिक्रिया दिनुहोस्