देशलाई निकास दिन गोलमेच सम्मेलन आवश्यक: अध्यक्ष थापा
बुटवल जेठ २१ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले राजादेखि विप्लवसम्म अटाउने मौलिक प्रजातन्त्रको विकासका लागि दीगो शान्ति कायम गर्न गोलमेच सम्मेलन गर्नुपर्ने बताएका छन् ।
रिपोर्टर्स क्लव प्रदेश ५ द्वारा बुटवलमा आयोजित साक्षात्कारमा बोल्दै नेता थापाले कृश्चियन धर्म प्रचारक बिश्वबिद्धालय सग त्रिभुवन बिश्वबिद्धालयले गरेको सम्झौता प्रती घोर आपत्ती जनाय । नेपाली काङ्ग्रेसले शसक्त प्रतिपक्षको भुमिका निर्वाह गर्न नसकेको भन्दै आफनो पार्टी अवको निर्वाचनबाट बलियो प्रजातान्त्रिक र पहिलो वैकल्पिक राजनीतिक शक्तिका रुपमा उदाउने दाबी समेत गरे ।उनले संवैधानिक राजतन्त्र,राष्टियता, हिन्दू राष्ट्र पुनस्थापनालगायतका एजेण्डालाई जनताले रुचाउन लागेकाले आफनो पार्टी पहिलो बैकल्पिक शक्तिका रुपमा उदाउन लागेको दाबी गरे । भारतीय चुनावको नतिजाले नेपालका हिन्दुबादीहरु खुसी हुनुपर्ने बताए । रामकुमार क्षेत्रीको अध्यक्षतामा भएको थियो ।
प्रतिक्रिया दिनुहोस्