सरकारले कलमलाई रोकेर निरकुंशता ल्याउन खोज्यो : काँग्रेसका प्रवक्ता शर्मा

काठमाडौं, जेठ २१ । नेपाली काँग्रेसका प्रवक्ता विश्व प्रकाश शर्माले सरकारले प्रेसलाई नियन्त्रणमा लिन खोजेको बताएका छन् ।

कलमलाई रोकेर निरकुंशता ल्याउने उद्देश्यका साथ सरकारले मिडिया काउन्सिल विधेयक ल्याएको उनको आरोप छ ।

सरकारले ल्याएको विधेयक गलत रहेको भन्दै उनले एकजुट भई र डटेर सामान गर्न पत्रकारलाई आग्रह गरे ।

नेपाल प्रेस युनियन अर्घाखाँचीले मंगलवार आयोजना गरेका पत्रकार सम्मेलनमा बोल्दै केन्द्रीय सदस्य शर्माले एउटा विषयमा पार्टीमा युवाहरु एक ठाउँमा आएको बताउँदै अहिले सो गुटमा आफू नरहेको स्पष्ट पारे ।

एउटा जिवन्त पार्टीमा गुट हुनु स्वभाविक रहेको भन्दै पार्टीलाई केन्द्रमा राखेर गुट हुनुपर्ने उनको भनाई रहेको छ ।

नेता शर्माले सरकारले ल्याएको बजेटले राष्ट्रिय गौरवका योजनालाई प्राथमिकता नलिई,चुनावी सरकारले जस्तो बजेट ल्याएको टिप्पणी गरे ।

उनले विप्लप नेतृत्वको नेकपालाई बार्तामा ल्याई समस्या समाधान गरिनुपर्ने पनि धारणा राखे ।

प्रतिक्रिया दिनुहोस्