नेपाली चलचित्रमा उदाउँदै खान

इन्जमाम अली खान (२४) अमृत साइन्स् कलेजमा वि.एस.सी. माइक्रो वायोलोजी चौथोे वर्षमा अध्ययनरत छन् । उनी पढाईको साथ–साथै विगत ३ वर्षदेखि चलचित्र क्षेत्रमा पनि संलग्न छन् । अब आफ्नो पुरै करियर यसैमा दिने उनको दृढ ईच्छा छ । उनी भारतीय चलचित्रका अभिनेता साहरुख खानको अभिनयबाट प्रभावित छन् । साहरुख खान जस्तै हिरो बन्ने उनको लक्ष्य रहेकोछ । उनी साहरुख खानको फिल्म हेरेपछि आफु पनि खान जस्तै हिरो बनेको अनुभूति गर्न पुग्छन् । पढाईमा पनि अब्वल खान अभिनय क्षेत्रमा लाग्नु अगाडी डाक्टर बन्ने सोच बनाएका थिए । उनी नेपाली चलचित्रमा आशा र भरोसा लाग्दो कलाकार रुपमा आफूलाई स्थापित गर्न सघर्ष गरिरहेका छन् । उनै खानसंग जागरण न्युज डट कमका समाचार संयोजक दिनेश पौडेलले अभिनय क्षेत्रसंग केन्द्रीत रहेर गरेको कुराकानीको अंश:

तपाईंलाई यो क्षेत्रमा आउने प्रेरणा कहाँबाट मिल्यो ?

म बच्चैदेखि फिल्म हेर्नमा क्रेजी थिएँ । पढाईबाट बचेको समय फिल्म हेर्थें । मैले नेपाली फिल्मका साथै हिन्दि फिल्म पनि हेर्थे । म घण्टौंसम्म साहरुख खानको हिट हिट फिल्म हेर्नमा व्यस्त हुन थालें । त्यसपछि साहरुख खानको जस्तै हाउभाउ र गेटपको नक्कल पनि गर्दै जान थालें, साहरुख खानको फिल्म हेर्दै गएपछि त्यहिबाट अभिनय क्षेत्रमा लाग्ने प्ररेणा मिल्यो ।

दिनको कति समय फिल्म हेर्ने गर्नु हन्थ्यो ?

समय यति नै भन्ने त होइन, तर लामो समय सम्म हेर्थें । पहिला हामी कहाँ व्ल्याक एण्ड ह्वाइट टिभि मात्र थियो । अहिले जस्तो धेरै टिभि पनि च्यानल थिएन । प्रत्येक हप्ता शनिबार २ बजेपछि नेपाल टिभिमा सिनेमा आउथ्यो । त्यसलाई म कहिल्यै नछुटाईकन हेर्र्थें । खासगरी म साहरुख खानका फिल्महरु छुटाउदैनथें ।

साहरुख खानको के चिजले तपार्इंलाई बढी आकर्षण गर्यो ?
साहरुख खानको अभिनय, हाउभाउ र गेटपले मलाई आकर्षण ग¥यो । मैले स्कुलमा उहाँको जस्तै हाउभाउ र गेटप गर्न थालें । मलाई साथीहरुले साहरुख खान भनेर बोलाउथे । यसरी बोलाउँदा मलाई खुशी लाग्थ्यो । म आफूलाई मन मनै साहरुख खानसंग तुलाना गर्न पुग्थें ।

तपाईं भविष्यमा के बन्ने चाहना छ ?
पहिला मेरो डाक्टर बन्ने सपना थियो । एम.वि.एस.को लागि तयारी पनि गरें । तर, मैले त्यो पढाई बिचमा नै छाडिदिएं । मलाई मेडिकल क्षेत्र भन्दा फिल्म तिर आकर्षण बढ्दै गयो । म भविष्यमा एक सफल र चर्चित कलाकार बन्ने सोच छ ।

अभियन क्षेत्रमा कसरी प्रवेश गर्नुभयो ?
साहरुख खानको फिल्म हेर्दै गएपछि यो क्षेत्रमा नै काम गर्ने इच्छा लाग्यो । त्यस पछि मैले अडिसन दिएं, छनोट पनि भएं । अनि एक महिनाको वर्कसप लिएं । यो मेरो अभिनयको लागि पूर्व तयारी थियो । त्यसै अडिसनबाट म यो क्षेत्रमा प्रवेश गरें ।
वर्कसपमा तपाईंले के सिक्नु भयो ?
वर्कसपमा मैले धेरै कुरा सिकें । हाम्रो परिवारमा खुलेर हाँस्ने वातावरण थिएन । कठोर अनुशासनमा बस्नु पर्ने भएकाले धेरै कुराहरु सहजै गर्न सक्दैन थिएं । त्यस वर्कसपमा खासगरि गरि मैलै हाँस्न, रुन, इमोशनल, रोमाण्टिक, कमेडी आदि जस्ता विधाहरु सिकें । महिना दिनसम्मको मिहिनेत पछि सुधार हुदै गयो । अनि डाइरेक्टरले राम्रो गर्दै गएको भने पछि, म थप उत्साहित हुदै गएं ।

तपाईले अभिनय गरेको पहिलो चलचित्र कुन हो ? हालसम्म कति वटा चलचित्रमा अभिनय गर्नुभयो ?
मैले सबै भन्दा पहिला उत्सव प्रताप थपलियाद्वारा निर्देशित  ‘वेस्ट फे्रण्ज फरइभर’ मा फिल्म खेल्ने अवसर पाएंँ । त्यसपछि समिर मियानद्वारा निर्देशित ‘बन्धन’ र शिशिर सम्शेर राणाद्वारा निर्देशित ‘तिमिसँग’ मा अभिनय गरेको छु । तर, ‘तिमिसँग’ चाहि यहि चैत्र २३ गतेदेखि रिलिज हुँदैछ । हालसम्म मैले यी तीनवटामा चलचित्रमा खलेको छु । त्यो पनि अध्ययनको समय मिलाएर खेलेको हुँ ।

तपार्ईको बढि महत्व पढाई कि अभिनय के मा हो ?
पहिलो पढाई हो । यसले नै करियरको निर्माण गर्छ । त्यस पछि मात्र अभिनय हो । पढाई सकेपछि अभिनयमा नै पुरै समय दिन्छु । म नेपालको साहरुख खान जस्तै हिरो बन्ने विचार छ ।

तपाईंले अग्रज कलाकारहरुको अभिनयलाई कसरी नियाल्नु भएको छ ?
अभिनय जादुको छडी होइन । सिक्दै जाने कुरो हो । अग्रजहरुले नै आज यो क्षेत्रलाई यहाँसम्म ल्याउनु भएको छ । कमि कमजोरी छन्  सुधार्दै लैजानु पर्छ । अग्रजहरुको अभिनयलाई दोष दिने पक्षमा म छैन । तर त्यो ठाउँमा आफुलाई राखेर हेर्नु पर्छ । मैले नि कसरी प्रस्तुत गर्थे भनेर आफुलाई कम्पिएर गर्नुपर्छ । डाईलग रटेर कण्ठ पारेर, पढेर हुँदैन भन्ने कुरा मैले बुझेको छु ।

तपाईंलाई कस्तो खालको रोल मन पर्छ ?
कलाकार भईसके पछि सबै किसिमका रोल गर्न सक्नु पर्छ । मलाई रोमाण्टिक खालको रोल मन पर्छ । रोमाण्टिक खाल अभियन गर्ने रोल पाएमा दर्शकलाई भुलाउन सक्छु । मलाई नायीकालाई अंगालो हालेको जस्तो रोल मनपर्छ ।

तपाईंलाई एक्सनमा जम्न सक्छु, जस्तो लाग्छ की लाग्दैन ?
एक्सनमा जम्नलाई त्यही अनुसारको लुक्स् हुनु पर्छ । त्यसको लागि आफुलाई प्रिपियर गर्नु पर्छ । अभिनय गर्न नसक्ने कुरै छैन । तर, तुलनात्मक रुपमा रोमाण्टिक खालको अभियनमा जम्न सक्छु । तर एक्सनमा मेरो हाउभाउ र शारीरिक बनावटले पनि फरक पार्छ ।

तपाईंको अभिनयले दर्शकहरुलाई  सिनेमा हलसम्म दोहोर्याएर सक्नु हुन्छ ?
खास अडियन्सलाई फिलिम तिर तान्ने भनेको इन्टरटेन्मेटले नै हो । दर्शकहरु बोरिङ मुभि हेर्न जादैनन । मुभिमा इन्टरटेन्मेन्ट छ, भने उनीहरुलाई मन पर्छ । मेरो तर्फ बाट पब्लिकलाइ तान्नु पर्यो भने चाहि म रोमाण्टिक र कमेडी रोलबाट तान्न सक्छु जस्तो लाग्छ । यसमा मलाई पूर्ण विश्वास छ ।

तपाईको नजरले नेपाली चलचित्रको भविष्य कस्तो देख्नु हुन्छ ?
अहिले नेपाली चलचित्रमा धेरै सुधार आएको छ । नेपाली मुभिलाई दर्शकहरुले पनि माया गर्नुभएको छ । त्यसैले नेपाली चलचित्रको भविष्य राम्रो मात्रै भनई उज्जल पनि छ ।

नेपाली चलचित्रमा विकृति छ भनिन्छ, हो ?
विकृति सबै क्षेत्रमा छ । हेर्ने दष्टिकोणमा फरक पर्छ । यस किसिमको कुरा मैले भोग्नु परेको छैन ।

तपाईं अन्त्यमा यस मिडिया मार्फत पाठक एवं दर्शकहरुलाई के भन्न चाहनु हुन्छ ?
म यस क्षेत्रमा भखैरै पाईला चाल्दै छु । संघर्ष पनि गरिरहेको छु । तपाईहरुको माया र ममताबाटै यो क्षेत्रको विकास र कलाकारको भविष्य निर्धारण गर्छ । मैले खेलेका चलचित्रहरुलाई हेरेर मेरा अभिनयमा भएका कमी कमजोरीहरुलाई औल्याई दिनु भई नेपाली चलचित्रलाई माया गरेर हेरिदिनु हुन यसै मिडिया मार्फत आग्रह गर्दछु ।

 

प्रतिक्रिया दिनुहोस्