प्रधानमन्त्री शाहले आज विदेशी राजदूतहरुसँग सामूहिक छलफल गर्दै

काठमाडौं, २५ चैत । प्रधानमन्त्री बालेन्द्र शाह (बालेनंं) ले आज विदेशी राजदूतहरुसँग सामूहिक छलफल गर्दैछन् । बालेन नेतृत्वको सरकार गठन भएपछि विभिन्न देशका राजदूतहरुसँग सामूहिक छलफल गर्न लागेको यो पहिलो हो ।

आज मध्याह्न १२ बजे पछि हुने छलफलमा परराष्ट्र मन्त्री शिशिर खनालसमेत सहभागी हुनेछन् ।
देशको पछिल्लो राजनीतिक अवस्था र सरकारका प्राथमिकताबारे अन्तर्राष्ट्रिय समुदायलाई जानकारी गराउने उद्देश्यले सामूहिक छलफल गर्न लागिएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

प्रधानमन्त्री बालेन शाहका राजनीतिक सल्लाहकार असिम शाहले विगतमा प्रधानमन्त्री नियुक्त भएसँगै कूटनीतिक मर्यादाभन्दा बाहिर गएर राजदूतहरूको अत्यधिक आवतजावत र सहज पहुँचको अभ्यास देखिएकोमा यसपटक त्यो परम्परामा अन्त्य हुने बताए । छलफलले यसले कुटनीतिक सम्बन्धमा वितार हुनेछ ।

प्रतिक्रिया दिनुहोस्