नेकपाको सचिवालय बैठक बस्दै, ओली र प्रचण्डले गरे रुष्ट भएका वरिष्ठ नेता नेपालसँग छलफल

काठमाडौं, २१ जेठ । नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) केन्द्रीय सदस्यहरुको कार्यविभाजन टुंगो लगाउने पटक पटक बस्दा पनि टुंगो लगायन सकिएको छैन । पटक पटक बैठक बस्ने प्रयास गर्दा पनि तयारी नपुगेको भन्दै स्थगित भएको सत्तारुढ नेकपाको सचिवालय बैठक आज बस्दै छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज दिउँसो ३ बजे बैठक बस्न लागेको हो ।

यो बैठकअघि नेकपा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेता माधवकुमार नेपालसँग छलफल गरेका छन् । यसअघि पटक/पटक ओली र प्रचण्डबीच यस विषयमा छलफल भइसकेता पनि सहमती हुन सकेको थिएन । नेता नेपाल रुष्ट छलफलकैबिचमा उठेर हिंडेको थए ।

माधव नेपालले पार्टीमा दोहोरो जिम्मेवारी दिन नहुने अडान राख्दै आएका छन् । तर, उनीसँग बिहान भएको छलफलमा के कुरा भयो भन्ने खुलेको छैन । यद्यपि ओली पक्षका नेताहरुले छलफल सकारात्मक भएकाले दिउँसो बैठक बालाइएको हो ।

यसअघि जेठ १८ र २० गते बोलाइएका सचिवालय बैठक छलफल नटुंगिएको भन्दै स्थगित गरिएको थियो । नेकपाको ४४१ सदस्यीय केन्द्रीय कमिटीबाट १४७ सदस्यीय पोलिटब्युरो गठन र केन्द्रीय सदस्यहरुको कार्य बिभाजन गर्न बाँकी छ । नेताहरुले हाललाई पोलिटब्युरो गठन नगरेर पहिले केन्द्रीय सदस्यहरुको कार्यविभाजन टुंगो लगाउने प्रयास गरेका छन् । पार्टी एकता टुंगो लगान कार्यर्ताको चर्काे दवाव छ ।

प्रतिक्रिया दिनुहोस्