नेकपाको बैठक फेरी स्थगित

काठमाडौं, २० जेष्ठ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को बैठक पटक–पटक स्थगित भएको छ । कार्यविभाजन र पोलिटब्युरो गठनका लागि बस्ने बैंठक बस्ने भनिएको बेठन स्थगित भएका हो । नेकपाभित्र कुन विभाग कसरी बनाउने र कसलाई नेतृत्व दिने भन्ने टुंगो लागेको छैन । जेठ ३ मा भ्रातृसंगठनहरूको एकतालगत्तै बैठक बसेर कार्यविभाजन र पोलिटब्युरो गठनबारे छलफल गर्ने भनिएको थियो । त्यसपछि बैठक बसेको छैन ।

शनिबारका लागि निर्धारित बैठक प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी ओली भारत जाने भएपछि तयारी नपुगेको भन्दै सोमबारका लागि सारिएको थियो । अध्यक्षद्वयले सोमबारका लागि निर्धारित बैठक मंगलबारलाई सारेका छन् ।

‘सोमबार बैठक बस्ने भनिएको थियो । फेरि मंगलबारका लागि सरेको सूचना आएको छ,’ सचिवालय सदस्य ईश्वर पोखरेलले भने । बैठक सारे पनि आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा अध्यक्षद्वय ओली र पुष्पकमल दाहालले महासचिव विष्णु पौडेल र सचिवालय सदस्य रामबहादुर थापासँग नेताहरूको कार्यविभाजनबारे छलफल गरेका छन् ।

नेकपाभित्र कुन विभाग कसरी बनाउने र कसलाई नेतृत्व दिने भन्नेमा रसाकस्सी चलेको छ । विशेषगरी संगठनको नेतृत्व गर्ने संगठन विभागमा नेताहरूको आँखा लागेको छ । पार्टीको संगठन परिचालन र सबै रेकर्डसमेत राख्ने यो विभागमा कसलाई लैजाने भन्नेमा अध्यक्षद्वयबीच कुरा नमिलेको स्रोतको दाबी छ । वामदेव गौतम, रामबहादुर थापा, ईश्वर पोखरेललगायत नेता यो विभागका आकांक्षी छन् ।

विदेश विभाग, राजकीय मामिला विभागका विषयमा पनि सहमति जुटेको छैन । पोलिटब्युरो गठनमा पनि तत्कालीन एमाले र माओवादी केन्द्रले आआफ्नो भागमा पर्ने व्यक्तिको नाम टुंग्याउन सकेका छैन । यसले पार्टीलाई आन्तारिक छलफलमा समस्या पर्दै गएको छ । नेकपाका अधयक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले आलोपालो सरकारको नेतृत्व गर्ने सहमती भएको रहस्य खोलेपछि नेकपाभित्र अको तरंग पैदा भएको छ ।

प्रतिक्रिया दिनुहोस्