सबै कम्युनिष्टहरु एक ठाउँमा आउने अध्यक्ष प्रचण्डको दावी

काठमाडौं, १९ जेष्ठ । नेपाल कम्यूनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले एक दिन नेत्रविक्रम चन्द (विप्लव)पनि नेकपामा आउने दाबी गरेका छन् ।

विप्लव समूहका नेता पदम राईलाई पार्टी प्रवेश कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले विप्लव समूहले लिएको बाटोबाट गन्तव्यमा नपुगिने दाबी गरे ।
भनेले ‘एक दिन विप्लव पनि यही ठाउँमा आएर जोडिनुपर्छ । अहिले जुन बाटो हिँडिएको छ, यो गन्तव्यमा पुग्ने बाटो होइन । यसले राष्ट्र र जनतालाई क्षति मात्र गर्छ । भने अहिेल जना जस्तो भएपनि अन्तिम गन्तव्य एउटै हो । ’

विप्लव समूहका नेता पदम राईलाई पार्टी प्रवेश गराउँदै प्रचण्डले अरु कम्युनिस्ट घटकहरुलाई पनि एकतामा आउन आग्रह गरे ।

पार्टी प्रवेश गर्दै विप्लव छाड्ने पदम राईले सुरक्षा खोज्दै नेकपामा प्रवेश गरेको नभई हिंसाको बाटो मात्र अलग गरेको बताए ।
राईको पार्टी प्रवेशले आफू र गृहमन्त्री रामबहादुर थापा ९बादल०लाई बिहान रिसाएर हिँडेको छोराछोरी साँझ घर फर्किँदा जस्तै खुसी मिलेको प्रचण्डले सुनाए । उनले भने, ‘असाध्यै खुसी, रिसाएर घर छोडेर गए पनि के खायो होला के र्गयो होला भनेर दिनभर चिन्ता हुन्छ ।’

प्रदेश १ मा राईको भूमिका महत्वपूर्ण रहने भन्दै उनले पार्टीले उचित जिम्मेवारी दिने आश्वासन दिए । अन्तिममा सबै कम्युनिष्टहरु एक हुने अध्यष प्रचण्डको दावी छ ।

प्रतिक्रिया दिनुहोस्