‘म देउवा र पौडेलको भन्ने होइन, अब म नेपाली कांग्रेस हुँ भन्नसक्नुपर्छ’ : वरिष्ठ नेता पौडेल

काठमाडौं, जेठ १८ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले वर्तमान केपी शर्मा ओली नेतृत्वको कम्यूनिष्ट सरकारले जनमतको दुरुपयोग गरेको आरोप लगाएका छन् ।

सुर्खेतमा भएको कार्यकर्ता भेटघाटमा उनले वर्तमान सरकारले जनताको मतको कदर गर्न नसकेको आरोप लगाएका हुन् ।

आज नेपालमा पक्षपातको शासन चलिरहेको छ ।’ जनतालाई निर्वाचनतामा दिएका वाचाहरु वर्तमान सरकारले पूरा गर्न सकेको छैन् उनले भने ।

उनले संघीयता र संविधान विपरित सरकारले आफ्ना गतिविधि अगाडि बढाएको बताउदैं उनले न्यायालय, संवैधानिक निकायमाथि हस्तक्षेप सरकारले गरिनुले केपी ओलीमा शासक बन्ने अभिप्राय देखिएको बताए ।
गाँउमा सिंहदरबारको प्रचार गरिएको भएपनि संघीयता चलाउन कम्यूनिष्ट असफल भएको उनले बताए ।

‘जनताको आवश्यकता खानेपानी हो । सबै नदीनालाको पानी एकै ठाउँमा जम्मा गर्ने र भारतलाई बुझाउने यो कस्तो ओली राष्ट्रवाद हो ?’ उनले भने, ‘पानीजहाज तत्काल नेपाली जनताका लागि आवश्यक छैन ।’


उनले नेपाली काग्रेस भित्रको गुटबन्दी अन्त्य गरिएको सन्देश पनि दिएका छन् । ‘म देउवा र पौडेलको भन्ने होइन, अब म नेपाली कांग्रेस हुँ भन्नसक्नुपर्छ’ उनले भने, ‘स्वच्छ छवी, मुल्यांकन गर्न सक्ने क्षमता र सक्षम नेतृत्व कांग्रेसलाई आवश्यक हो ।’

यसघि नेपाली कांग्रेसले अछाममा मा कार्यकर्ता भेटघाट कार्यक्रम गरेको थियो भने अन्य स्थानमा पनि आयोजना गर्दै काठमाडौं जाने क्रममा आज सुर्खेतमा कार्यक्रर्ता भेटघाट कार्यक्रमाको आयोजना गरिएको हो ।


वीरेन्द्रन्गरस्थित कांग्रेस पार्टी कार्यालयमा भएको कार्यक्रममा केन्द्री

य सदस्य हृदयराम थानी, जिल्ला सभापति कमलराज रेग्मीलगायत जिल्लाका नेता तथा कार्यकर्ताहरुको उपस्थिति थियो ।

प्रतिक्रिया दिनुहोस्