एक वर्षपछि आफु प्रधानमन्त्री बन्छु : प्रचण्ड

काठमाडौं , जेठ १८ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष प्रचण्डले आलोपालो सरकारको नेतृत्व गर्ने विषयलाई धेरै अतिरन्जित नबनाउन आग्रह गरेका छन् ।

साथै उनले एक वर्षपछि आफू प्रधानमन्त्री बन्ने बताएका छन् । शनिबार विराटनगरमा अध्यक्ष प्रचण्डले देशको परिस्थिति अनुकुल रहे एक वर्षपछि पूर्व सहमतिका आधारमा आफू प्रधानमन्त्री बन्ने बताएका हुन् ।

अध्यक्ष प्रचण्डले एक अर्को प्रशंगमा प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो पद चार पाँच दिन मात्रै बाँकी रहेको भन्दै दिएको प्रतिक्रिया प्रतिकात्मक भएको बताए ।

दिल्लीमा रहदा प्रधानमन्त्री केपी ओलीले ‘मेरो कार्यकाल, एक वर्ष हैन । चार–पाँच दिन मात्रै बाँकी छ । अब म के भनौँ ?’ भनेको थिए ।

यता अध्यक्ष प्रचण्डले पार्टी एकताका बेला भएको सहमतिको स्मरण मात्र गराए भन्दै बाहिर प्रचार र होहल्ला गर्नुपर्ने नयाँ विषय नभएको पनि टिपण्णी गरे ।

प्रतिक्रिया दिनुहोस्